दुग्ध उत्पादक किसानलाई थप जटिलता , न दुग्ध बिक्छ न पशुआहारा पाईन्छ

मकवानपुरगढी – ३ मक्रान्चुलिमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि. मा दूध बिक्री गर्दै किसान

मकवानपुर । छिमेकी जिल्ला पर्सामा कोरोना भाइरस संक्रमितको संख्यामा एक्कासि उल्लेख्य वृद्धि भए सँगै मकवानपुर लगायत आसपासका जिल्लामा दुग्ध उत्पादन गरिरहेका किसानहरुलाई थप जटिलता हुने संकेत देखिएको छ ।

सहकारी मार्फत संकलन भइरहेको दुध हेटौंडामा रहेका उद्योगहरुले प्रशोधन गरि दुग्धजन्य पदार्थहरु धेरै जसो पर्साको विरगंजमा बिक्री वितरण गर्दै आएकोमा त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या एक्कासि बढे पछि विरगंज लगायतका ठाउँहरुमा प्रशासनले सिल गरे सँगै यो समस्या थप जटिलता भएको हो ।

आजबाट प्रदेश नम्बर २ बाट वागमती प्रदेशको राजधानी हेटौंडा प्रवेश गर्ने मुख्य द्वार चुरियामाई बाट सवारीका साधन लगायत पैदल यात्रीहरुलाई समेत हेटौंडा प्रवेशमा रोक लगाइएको छ ।

त्यति मात्र नभै मकवानपुर लगायतका जिल्लाहरुमा पशु आहाराका रुपमा प्रयोग गरिने पराल ,भुस्सा लगायत ढुटो चोकर समेत धेरै जसो प्रदेश नम्बर २ को बारा , पर्सा लगायतका जिल्लाहरुबाटै ल्याइने गरिएको कारण किसानहरुलाई दोहोरो समस्या पर्ने भएको हो । यस्तो अवस्थामा ” न उत्पादन भएको दूध बिक्छ , न पशुलाई खुवाउने आहारा पाईन्छ ” जस्ले गर्दा किसानहरूलाई पीडा माथी थप पीडा थपिएको छ ।

यस अघि लकडाउन कै अवधिमा पनि हेटौंडामा रहेको हेटौंडा दुग्ध वितरण आयोजना , चौधरी ग्रुप द्वारा संचालित हेटौंडा डेरी लगायत हेटौंडामा रहेका अन्य साना दुग्ध उद्योग लगायत काठमाण्डौमा रहेका केही दुग्ध उद्योगहरुले समेत आलोपालो तरिकाले किसानहरुबाट उत्पादन भएको दूध सहकारी मार्फत उठाउँदै आएका थिए ।

मकवानपुर जिल्ला भरिमा सहकारी मार्फत दैनिक करिब ४० हजार लिटर भन्दा माथी दुग्ध संकलन हुँदै आएकोमा लकडाउन पश्चात् सहकारीहरुमा समेत आलोपालोमा दुग्ध संकलन गर्दा करिब आधा अर्थात् १८-२० हजार लिटर मात्र दुधको बिक्री समन्वय गर्न सकिएको मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका ब्यवस्थापक कुमारमणी दहालले बताउनु भएको छ ।

नेपालमा कोरोना भाइरसबाट बच्नको लागि सरकारले गत चैत्र ११ गतेबाट नेपाल भर लकडाउन गरिरहेको छ । र यो लकडाउन जेठ ५ गतेसम्म लागू गर्ने भनिएता पनि पछिल्लो संक्रमित तथ्यांक हेर्दा थप कडाइका साथ लकडाउन लम्बिने लगभग निश्चित जस्तै छ ।



मकवानपुरगढी ३ मा रहेको सुजल गाई फार्म
सहकारीमा दूध बिक्री गर्न जाँदै किसान
Flash News अर्थ रोचक समाचार स्थानीय