
मकवानपुरगढी गाउँ पालिका वडा नं. – ३ , कालीखोला तल्लोदमारमा पशुमैत्री पार्क निर्माण हुने भएको छ । मकवानपुरगढी दुग्ध उत्पादक विशिस्टकृत सहकारी संघले उक्त पार्क निर्माण गर्न लागेको संघका अध्यक्ष हरिकुमार हुमागाँईले बताउनु भएको छ ।
मकवानपुरगढी गाउँ पालिकाको आर्थिक सहयोगमा पार्कको डिपिआर तयार गर्न लागिएको हो। पार्कमा सबै पुर्वाधार सहितको तालिम केन्द्र , पशुको स्टाचु सहितको विशेष पार्क ( प्रचलित जातका भैंसी , गाई , बाख्रा ) , पशुलाई खुवाउने घाँसको हे सुकाउने स्पोट , साईलेजको साईपर निर्माण गरिनेछ । यसैैगरी पार्कका गतिविधिलाई डकुमेन्ट्री सिस्टमबााट ब्यवस्थित गरिनेछ ।
पार्क संरक्षणका लागि सामरी खोला किनारमा पक्की वाल निमार्ण गरि ८ मिटरको पक्की बाटो निर्माण गरिनेछ । घाँस उत्पादनका लागि डेमो क्षेत्र निर्माण गरिनेछ ।
पर्यटन प्रवर्द्धनका लागी स्वीमिङ पुल , पिकनिक सेड , क्याफे लगायतका भौतिक संरचनाहरु निर्माण गरिने मकवानपुरगढी गाउँ पालिका अध्यक्ष बिदुर हुमागाँले बताउनु भएको छ ।
मकवानपुर जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाई कार्य गरिरहेको संंघलेे प्रदेश सरकार तथा गाउँ पालिका लगायत विभिन्न सहकारीहरुको सहयोगमा पशु दाना उद्योग निर्माण गरेको र यहि आर्थिक वर्षबाट दाना उत्पादन शुरु गर्न लागिएको जनाईएको छ ।