अनेरास्ववियुका पुर्व जिल्ला अध्यक्ष एवम् सामाजिक अभियन्ता शिवहरी दाहाल द्वारा प्रधानमन्त्रीलाई खुल्ला पत्र

शिवहरी दाहाल

#नेपाल सरकारलाई खुला पत्र

श्री सम्माननिय प्रधानमन्त्री ज्यु ।
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौ

बिषय : ध्यानाकर्षण सम्बन्धमा
महोदय,
अहिले मुलुकमा भारतबाट सिर्जित सिमा समस्याका सन्दर्भमा समस्या समाधानका लागि निम्न बुदाहरुमा काम गर्नको लागि एक नागरिकको हैसियतले तत्काल नेपाल सरकारको ध्यानाकर्षण गराउदछु ।
१) राष्ट्रिय अखण्डतामा, स्वाधीनता एवं सार्वभौमसत्ताको रक्षार्थ सरकारले संयुक्त राष्ट्र संघ, बिमिस्टेक, सार्क जस्ता अन्तर्राष्ट्रिय संघ/ संगठनमा सिमा विवाद सम्बन्धमा आबस्यक प्रमाण र तथ्य सहित प्रस्तुत हुनपर्छ ।
२) हामी सङ्ग रहेका बैज्ञानिक एवं बिज्ञहरुलाई परिचालित गरि
सानो स्केलमा भएपनि नेपालले आफ्नो परमाणु कार्यक्रम सुरु गर्न ढिलो गर्नुहुन्न । सशस्त्र प्रहरी र ८० % नेपाली सेना सिमा रक्षाका लागि मात्रै प्रयोग गर्नुपर्छ ।
३) इन्डिया सङ्ग बिबाद नभएका अन्तर्राष्ट्रिय सिमामा तत्काल काडे तार लगाउन पहल गरि बिबादास्पद भुमी फिर्ताको लागि कुटनैतिक बार्ता वा अन्तर्राष्ट्रिय मंचको प्रयोग गर्नुपर्छ । यसकालागी अन्य छिमेकि राष्ट्रहरु सङ्ग अबस्यक छलफल र बार्ता समेत गर्न आबस्यक छ ।
४) हाम्रो भुमिलाइ विवादमा ल्याउन चिनको पनि केही भुमिका स्पट देखिएको हुदा चीनलाई पार्टी र सरकारको दुबै मोर्चाबाट दबाद दिन आबस्यक कदम चाल्नुपर्छ । चिन भित्र ताइवान, तिब्ब्त र अन्य रुपमा विवाद हुँदा हुँदै नेपालले एकचिन नितिलाइ प्रष्टरुपमा मान्नुपर्ने तर नेपालको भुमि भै सडक बनाइ पर्यटन /व्यापार प्रबर्द्धन गर्न भारत सङ्ग सम्झौता गर्दा नेपाल सङ्ग सोध्न वा छलफल गर्न नपर्ने?
५) इन्डिया हरेक कुरामा अत्यन्त चलाखले प्रस्तूत हूने गरेकाे छ, सन्धि, सम्झाैता गर्दा नै उ जहिले पनि माथी पर्ने गरि मात्र हस्ताक्षर गर्छ ।अन्तराष्ट्रिय नियम, कानुनकाे राम्राे अध्ययन गर्दछ ।
अब नेपालले यी सबैकुरालाइ ध्यान दिएर आफ्ना योजना र नीति बनाइ अगाडि बढ्नुको बिकल्प छैन ।
यसर्थ हिजोका गल्ती कमिकमजोरीहरुबाट पाठ सिकेर आफ्नो बिदेश नीति अत्यन्त प्रभाबकारि बनाइ भुमि रक्षार्थ सरकारले काम गर्न ढिलो गर्नुहुन्न ।

#जय नेपाल
मिति :२०७७/२/०६
निबेदक
शिबहरि दाहाल
हेटौंडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin