हेटौंडा उपमहानगरले शुरु गर्यो ड्रोन सर्वेक्षण

हेटौंडा उपमहानगरले लकडाउनको समय सदुपयोग गर्दै अबको करिब १५ दिन आकाशमा मानव रहित हवाई यन्त्र ९ड्रोन० मार्फत सर्वे एवं नक्साकंन गर्ने भएको छ । उपमहानगरपालिको भवनमा बुधवार आयोजित एक कार्यक्रममा उपमहानगरका प्रमुख हरि बहादुर महतले ड्रोन सर्वेक्षणको शुभारम्भ गर्नुभएको छ ।
पहिलो चरणमा काठमाडौँ उपत्यकाको चाँगुनारायण नगरपालिकाबाट ड्रोन सर्वे एवं नक्साकंन शुरु गरेको यस परियोजनाले सहयोग स्वरुप बागमती प्रदेशको राजधानी हेटौंडामा समेत यस कार्यको सुरुवात गरेको छ हेटौंडा उपमहानगरको पहिलो चरणमा वडा नं १, २, ४, ५, ७, ८, ९, १० बाट ड्रोन सर्वे एवं नक्साकंन सुरुवात गरिने भएको छ । यस परियोजनाको सुरुवातका लागि आवश्यक अनुमतीको प्रबन्ध तथा सहजिकरण हेटौंंडा उपमहानगरपालीकाले गरेको छ ।
ड्रोन सर्वेक्षणको शुभारम्भ गर्दै उपमहानगरप्रमुख महतले यस प्रकारको नक्शाले उपमहानगरको शहरी विकाश योजना, विपद जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना९क्तचभभत ब्ममचभकक०निर्धारण, गुरु योजना निर्माण, सडक स्तरिकरण, भौतिक पुर्वाधारको स्तरोन्नती, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुने बताउनु भएको छ । त्यस्तै, उपमहानगरप्रमुख महतले यस परियोजनामा संलग्न भएका विभिन्न विज्ञ तथा संस्थाहरुको निशुल्क प्राविधिक सहयोगप्रति विशेष आभार प्रकट गर्नु भएको छ । आफ्नो घर आँगन, खेत, बारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरुलाई नगरपालिकाको परियोजना अन्र्तगत उडान भईरहेको रुपमा लिई सहजता अपनाउन समेत उपमहानगरप्रमुखले अपिल गर्नु भएको छ ।
यस नक्साकंन परीयोजनाले बिभिन्न जि।आइ।एस बिज्ञ, शहरी बिकास योजनाविद्, ड्रोन पाइलट तथा सरकारी अधिकारिहरुलाई एक्बद्द गरेर निस्चित उपलब्धी हासिल गर्ने लक्ष्य राखेको छ । साथै, यस परियोजनाको मुख्य लक्ष्य उच्च स्केलको नक्सा प्राप्ती गर्र्ने र उच्च रिजोलुसनको फोटोको आधारमा विस्तृत शहरी बिकास योजना तथा बिपद ब्यवस्थापनमा सहयोग पु¥याउने रहेको जानकारी यस परियोजनाका संयोजक ई। सुरज गौतमले दिनुभयो । साथै यस्तो परियोजना, मुलुकका अन्य स्थानीय तहबाट माग भएको अवस्थामा समेत सेवा प्रदान गर्न तयार रहेको जानकारी गौतमले दिनुभयो ।
नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले यस कार्यको लागि आवश्यक ईन्जिनियरहरुको उपलब्धता र समन्वय गर्ने भएको छ । त्यस्तै, यस परियोजनामा फ्लाइट प्लानिङ र ड्रोन ह्यान्डलरका रुपमा ड्रोनेपालका ई। प्रविण लम्साल र इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनका ई। सुदिप फुँयालको सहभागिता रहने छ ।

ड्रोन सर्वेका लागि इनोभेटीभ घर नेपाल र नेपाल फ्लाइङ ल्याबले आवश्यक ड्रोनको सहयोग गरेको छ । त्यस्तै, इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, नक्सा प्रा।लि, युईन्सपायर नेपालले ड्रोनको डाटा प्रोसेसिङ, नक्साकंनसँगै नक्साको प्रयोगबाट बिपद जोखिम ब्यवस्थापनमा गर्न सकिने कार्यहरुबारे सहयोग गर्ने भएको छ । साथै, परियोजना अन्तर्गत सम्पूर्ण समन्वय र सहजिकरणको भूमिका उपमहानगरपालिकाका स्वास्थ्य तथा वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीले गर्नु भएको छ ।
लकडाउनको समयमा न्यून वायूप्रदुषण, सफा दृश्यता र न्यून सवारी चापले गर्दा नक्सांकनमा सहज हुने भएकोले सो समयको सदुपयोग गर्दै अबको करिब १५ दिन आकाशमा मानव रहित हवाई यन्त्र ड्रोन मार्फत सर्वे एवं नक्साकंन गर्ने कार्यक्रम रहेको छ । नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्साकंनको कार्य शुभारम्भ भएको र यसबाट प्राप्त हुने सम्पुर्ण फोटो एवं भिडियो डाटाको गोपनियता उपमहानगरपालिकाको नियन्त्रणमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin