
मकवानपुरगढी । मकवानपुरगढी गाउँपालिकाले कोरोना भाइरसका कारण अप्ठ्यारोमा परि आफ्नो घर फर्किन चाहने बिदेशमा रोजगारीको क्रममा रहेका आफ्ना नागरिकहरुको सुची तयार गर्न शुरू गरेको छ ।
यसरी फर्किन चाहने ब्यक्तिले आफ्नो नाम ,रोजगारीका क्रममा आफू रहेको देश , आफ्नो घर भएको पालिकाको सम्बन्धित वडा स्पष्ट खुलाई पालिकाले आधिकारिक तोकेको ब्यक्ति वा पालिकाको आफ्नो सामाजिक संजाल फेसबुक पेज वा अन्य सम्भाब्य माध्यमबाट सम्पर्कमा जोडिन समेत आग्रह गरेको छ ।