बागमती प्रदेश सरकारले प्रदेश राजधानी मकवानपुरको हेटौंडामा ५०० शैयाको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।
कोरोना भाइरसको संक्रमण जोखिम बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि हेटौँडा ११ मा रहेको हेटौँडा ऐकेडेमीमा २ सय शैया, हेटौँडा १० मा रहेको वन विज्ञान अध्ययन सस्थानमा १ सय शैयाको क्वारेन्टाइन निर्माण गरिनेछ । यसैगरी गौरिटार खेलकुद एकेडेमीमा १ सय शैया तथा कर्रामा रहेको शसस्त्र प्रहरी क्याम्पमा १ सय शैयाको क्वारेन्टाईन निर्माण गर्ने जनाइएको छ ।