
मकवानपुरगढी । हालै आएको हावाहुरीका कारण मकवानपुरगढीमा लाखौंको क्षती भएको छ ।
मकवानपुरगढी गाउँपालिकाको विभिन्न वडामा लगाइएका मकै वाली , तरकारी वाली लगायत विद्यालय , संघ – संस्था , ब्यक्तिका घर , बिजुलीका तार पोलमा ठुलो क्षती भई लाखौंको नोक्सानी भएको बताईएको छ ।
पालिकाको वडा नं २ मा बिजुलीका ट्रान्सर्फमर , तारपोल लगायत विद्यालयमा ठुलो क्षती पुगेको वडा नं २ का वडा अध्यक्ष बखान सिं पाख्रीनले बताउनु भएको छ ।

यसैगरी वडा नं ६ अन्तर्गत डुम्रेकुना लगायतका ठाउँहरुमा पनि हावाहुरीका कारण फल्न लागेको मकैबालीमा नोक्सानी पुग्नुका साथै ब्यक्तिका घर लडाएको स्थानीय रामशरण शर्मा लामिछानेले बताउनु भएको छ ।

यता वडा नं ३ मा समेत केही घरका छाना उडाउनुका साथै केरा बालीमा नराम्रो क्षती पुगेको बताईएको छ ।
मकवानपुरगढीका केही खानेपानी योजनाहरु लिफ्ट सिस्टम मार्फत संचालन भएकाले विद्युतका तार पोल नोक्सानी हुँदा अझै बिजुली बत्ती एवम् खानेपानीको उपलब्ध हुन सकिरहेको छैन ।




