बागमती प्रदेशसभा बैठकः दुई वटा विधेयक पारित

बागमती प्रदेशसभाको आज बसेको बैठकले दुई वटा विधेयक पारित गरेको छ । बैठकले स्थानीय तहका पदाधिकारी, सस्दयहरुको सेवासुविधको संशोधन गर्न बनेको विधेयक २०७६ र प्रदेशमा युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई सर्वसहमतिबाट पारित गरेको हो ।

उक्त बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय तहका पदाधिकारी, सस्दयहरुको सेवासुविधको संशोधन गर्न बनेको विधेयक र सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशमा युवा परिषद् गठनको व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनि छुट्टाछुट्टै प्रस्ताब प्रस्तुत गर्नुभएको थियो ।

तत्कालिन प्रदेश नम्बर ३ प्रदेशसभाको बैठकबाट स्थानीय पदाधिकारी सदस्यहरुको लागि पारिश्रमिक र सुविधा उपलब्ध गराउने सम्बन्धि ऐन २०७५ लाई पारित गरि प्रमाणिकरण भइसकेको थियो ।

सर्वोच अदालतमा परेको रिटमाथि बहस पैरबी हुँदा गत कात्तिक १ गते सो ऐनलाई खाजेज गर्ने फैसला गरेको थियो । सो फैसलालाई सम्मान गर्दै आज स्थानीय निकायको पदाधिकारी र सदस्यहरुको सेवासुविधा उपलब्ध गराउने विषयमा विधयेक पारित गरिएको होे ।

लामो समयदेखि सेवा सुविधाबाट बन्चित भएका स्थानीय तहका पदाधिकारीहरुले सेवा सुविधा पाउने भएका छन् । सर्वोच्च अदालतको आदेशपछि २०७६ साल कार्तिक १ गतेबाट रोकिएको सेवा सुविधा उनीहरुले पाउने भएका हुन् ।

बागमती प्रदेशको प्रदेशसभा बैठकमा विहिबार सेवा सुविधा सम्बन्धी ऐनको संशोधनका लागि विधेयक सर्वसम्मत पारित भएपछि उनीहरुलाई सुविधा लिन बाटो खुलेको छ । विधेयक पारित गर्नका लागि प्रदेशसभा नियमावलीको नियम १२१ ९२० निलम्बन गरिएको थियो । विधेयक पारित गर्न संसदीय समितिले संसदमा प्रतिवेदन पेश गरेको २४ घण्टा हुनुपर्नेमा विहिबार नै पारित गर्न सभामुखले विशेषाधिकार प्रयोग गरी नियम निलम्बन गरिएको जनाईएको छ ।

विधेयकमाथि छलफल गर्दै सांसद रमेश पौड्यालले संविधानको मर्म अनुसार विधेयक आउनुपर्नेमा संशोधन समेत मर्म अनुसार नरहेको बताए । उनले नेताका लागि संविधान संशोधन गर्ने तर स्थानीय तहका पदाधिकारीहरुका लागि भने संशोधन नगर्नु उनीहरुप्रतिको अपमान भएको बताए । सांसद नरोत्तम बैद्यले हतारमा विधेयक ल्याउने र पछि पछुताउने काम नगर्न सुझाव दिए ।

यसअघि, सार्वजनिक लेखा समितिका सभापति न्हुक्षेनारायण श्रेष्ठले नदि तथा खानीजन्य पदार्थको उपभोग, राजस्व र चुहावटसम्बन्धी अध्ययन गर्न बनेको उपसमितिको प्रतिवेदन संसदमा पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै उनले प्रदेश सरकारले चालु आर्थिक बर्षमा २ अर्ब राजस्व संकलनको अपेक्षा गरेकोमा स्थानीय तहबाट १५ करोड मात्रै प्रदेश सरकारलाई बुझाएको बताए । समितिले सांसद रत्न ढकालको संयोजकत्वमा ५ सदस्यीय उपसमिति बनाएको र समितिले अध्ययन गरेको संसदमा जानकारी दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin