कोरोना भाईरसको महामारीबाट बच्नको लागि बागमती प्रदेशको तयारी तिब्र

हेटौंडा ।कोरोना भाईरसको महामारीबाट बच्नको लागि बागमती प्रदेशले तयारी तिब्र पारेको छ । प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिको बैठक आज हेटौडामा बसेको छ । बैठकले कोरोनाको रोकथाम र संक्रमण देखिए उपचारको प्रवन्ध गर्न अत्यावश्यक सामग्री तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

हेटौँडामा रहेको आपतकालीन केन्द्रलाई समितिको सचिवालयको रुपमा विकास गर्ने निर्णय गरेको छ ।
आन्तरीक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको प्रदेशस्तरीय कोरोना नियन्त्रण समितिको
बैठकले बागमती प्रदेशको सबै सार्वजनिक यातायातको निगरानी गर्ने, विदेशबाट फर्केकाहरुको अभिलेख राख्ने, भिडभाडको स्थानमा हेल्थ डेक्स राख्ने निर्णय समेत गरेको छ ।

प्रदेशको १३ जिल्लामानै बिहान र बेलुकी माईकीङ गरी कोरोनाबारे सचेतना फैलाउने निर्णय गरेको छ ।बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको प्रतिनिधिको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin