मकवानपुरगढीमा विद्यालय समायोजन एवम् एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ माथी छलफल शुरु

मकवानपुरगढी – नेपाल सरकार , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालय समायोजन एवम् एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि , २०७७ लागू गरे सँगै मकवानपुरगढी गाउँपालिकाले सम्बन्धित सरोकारवाला सँग सो कार्यविधिका विषयमा छलफल शुरु गरेको छ ।

आज गाउँपालिका कार्यालयमा पालिका अध्यक्ष बिदुर हुमागाँईको अध्यक्षतामा सो कार्यविधिले प्रभावित पार्न सक्ने पालिका भरिका ८ वटा विद्यालयका अध्यक्ष एवम् प्रधानाध्यापक सहितको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको हो।



हिजो आवश्यकता आधारमा स्थापना भएका विद्यालयहरुमा पछिल्ला समय अंग्रेजी माध्यमका कारण निजि विद्यालय प्रति अभिभावकको मोह तथा सुविधाका लागि शहर केन्द्रित बसाइँसराइले गर्दा गाउँ पातलिदै गएको तथा मानिसको जन्मदर समेत घट्दै गएका कारण सार्वजनिक विद्यालयहरुमा विद्यार्थी संख्या कम हुँदै गएको धारणा व्यक्त गर्नु भयो । अब ती सबै अवस्थाको मनन गरि पालिकाको ती ग्रामीण बस्तीमा पुन: बस्ती बसाल्नको लागि पालिकाले विभिन्न आकर्षक योजनाका साथ काम गरिरहेको तथा सार्वजनिक विद्यालयहरुमा अभिभावकको रुचि अनुसार अंग्रेजी माध्यममा पठनपाठनका लागि सहयोग गरिने बताउनु भयो ।

नेपाल सरकार , शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०७७/०२/११ गतेको निर्णय अनुसार स्वीकृत उक्त कार्यविधिमा विद्यालय आवतजावत गर्न लाग्ने समयका आधारमा विद्यालयको तह अनुसार विद्यार्थीको न्युनतम संख्या निर्धारण गरिएको छ । जसअनुसार विद्यालयहरुको दुरी ५ किलोमीटर भन्दा कम भइ आधा घण्टा भन्दा कम पैदल यात्राको समय लाग्ने वा सडक यातायातको पहुँच भइ स्कुल बस प्रयोग गरि विद्यालय आउन जान एकतर्फी आधा घण्टा भन्दा कम समय लाग्ने विद्यालयहरुमा न्युनतम विद्यार्थी संख्या तोकिएको छ । हिमाली क्षेत्रमा कक्षा १-३ मा ३० जना , कक्षा १-५ मा ५० जना , कक्षा ६-८ मा ३० जना , कक्षा ९-१० मा २० जना र कक्षा ११-१२ मा २० जना । त्यस्तै पहाडी क्षेत्रमा कक्षा १-३ मा ४५ जना , कक्षा १-५ मा ७५ जना , कक्षा ६-८ मा ४५ जना , कक्षा ९-१० मा ३० जना र कक्षा ११-१२ मा ३० जना हुनुपर्नेछ । त्यसैगरी तराई / उपत्यकाको हकमा कक्षा १-३ मा ६० जना , कक्षा १-५ मा १०० जना , कक्षा ६-८ मा ६० जना , कक्षा ९-१० मा ४० जना र कक्षा ११-१२ मा ४० जना हुनुपर्ने उल्लेख गरिएको छ ।


त्यसैगरी विभिन्न तहका विद्यालय समायोजन एवम् एकीकरण भएमा तपसिल अनुसारको अनुदान रकम उपलब्ध हुने जनाइएको छ ।


छलफल कार्यक्रममा मकवानपुरगढी गाउँपालिका सामाजिक विकास संयोजक तथा वडा नं ५ का वडा अध्यक्ष जित बहादुर घिमिरे , वडा नं ३ का वडा अध्यक्ष भागवत घिमिरे , वडा नं ६ का वडा अध्यक्ष टीका प्रसाद दाहाल , गाउँपालिका शिक्षा शाखा प्रमुख राम बहादुर घलान , गााउँ शिक्षा समिति लगायत शिक्षक संगठनका विभिन्न पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियोे ।











Flash News अर्थ राजनीति रोचक विचार समाचार स्थानीय