हिमाल महिला सहकारीको उदाहरणीय काम , विगत वर्ष देखि निरन्तर चलिरहेछ पाठापाठी साटासाट कार्यक्रम

मकवानपुरगढी – मकवानपुरगढी गाउँपालिका वडा नं ३ मा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लि. ले संस्थाको स्थापना काल देखि नै उदाहरणीय रूपमा संचालन गर्दै आइरहेको बाख्राको पाठापाठी साटासाट कार्यक्रमले निरन्तरता पाईरहेको छ ।

यसै क्रममा गत २०७७ जेठ ३० गते पनि संस्थाले सोही कार्यक्रमको आयोजना गरि २९ जनाबाट २९ वटा पाठापाठी असुली गरि पुन: २९ जना थप सदस्यहरुलाई लगानी गरेको छ ।

मकवानपुरगढी गाउँपालिका कार्यालय पशु तथा मत्स्य विकास शाखाको समन्वयमा संस्थाले आयोजना गरेको सो कार्यक्रममा लगानी गरिएका सबै पाठीहरुलाई गाउँपालिका पशु शाखा प्रमुख सत्यनारायण साहले ट्याग लगाई बिमा गरिदिनु भएको थियो । वर्षको ३ पटक आयोजना गरिने ति कार्यक्रमहरुमा लाग्ने खर्च गाउँपालिकाले उपलब्ध गराउँदै आईरहेको छ ।

संस्थाका शेयर सदस्यहरुलाई आलोपालो हिसाबले लगानी गरिने तथा सदस्यहरुलाई सहज होस् भनेर वडाहरुमा समेत संस्थाले गठन गरेको वडा समितिको समन्वयमा सो कार्यक्रम आयोजना गर्ने गरिएको संस्थाकी अध्यक्ष जानकी दाहालले बताउनु भयो ।

लगानी गरिएको पाठिबाट उत्पादन भएका मध्य १ पाठी १ वर्ष पछि संस्थालाई फिर्ता गर्नुपर्ने र सो पाठी अर्को नयाँ सदस्यलाई लगानी गरिने संस्थाकि ब्यवस्थापक शुभद्रा घिमिरेले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin