मकवानपुरगढीमा २० हजार थान फलफूलको बिरुवा वितरण गरिदै

0
164

मकवानपुरगढी – मकवानपुरगढीमा कृषकहरुको माग अनुसार २० हजार थान फलफूलको बिरुवा वितरण गर्न लागिएको छ ।

गाउँपालिकाको आठैवटा वडामा माग भएअनुसारको विभिन्न जातका फलफूलका बिरुवाहरु मध्ये कागती १३ हजार , लिची २२ सय , अम्बा १६ सय चालीस , आँप १३ सय , रुखकटहर १ हजार , अनार ८ सय , एभोकाडो १ सय र सुन्तला १ सय गरि जम्मा २० हजार एक सय चालीस थान बिरुवा वितरण गर्न लागिएको गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भयो ।



कृषि ज्ञान केन्द्र चितवनको अभियानमुखी फलफुल बृछ्यारोपण कार्यक्रम अन्तर्गत फलफुल वितरण गर्न लागिएको चौधरीले बताउनु भएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्