मकवानपुरगढी सलहको उच्च जोखिममा , वडा नं ७ को सुकौरामा सलहको प्रकोप

0
471
सलहले नोक्सान पुर्याउदै गरेको मकैको बोट , सुकौरा

मकवानपुरगढी – भारतको बिहारबाट आजै नेपाल प्रवेश गरेको सलह किराको प्रकोप देशको विभिन्न ठाउँमा देखिएको खबर प्राप्त हुन थालेका छन् ।

यसैक्रममा मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका अन्तर्गत वडा नं ७ सुकौरामा यस किराका कारण ठूलो क्षती पुग्ने खतरा बढेको छ । आज दिउँसो करिब २:३० बजे सुकौरामा आएको सलहका कारण साविक सुकौरा गाविसको वडा नं ८ र ९ बाहेकका अधिकांस वडाहरुमा यस किराको प्रकोप देखिएको स्थलगत निरीक्षण गरि फर्कनु भएका गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनु भयो ।

किसानका साथ कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी

सलह आएको जानकारी पाउनासाथ म त्यस ठाउँमा पुग्दा किराको प्रकोप देखिएको र किसानहरु आत्तिएको तथा हतास मनस्थितिमा रहेको आफुले पाएको कृषि शाखा प्रमुख चौधरीले बताउनु भयो । सलह किराबाट बाली जोगाउनको लागि किसानहरुलाई किरा भगाउने विभिन्न उपायहरुका विषयमा जानकारी गराएको समेत बताउनुभयो । थाल , टिन , ढ्याङ्ग्रो लगायतका सामाग्री बजाउने , आगो बाल्ने , माटोले हिर्काउने जस्ता क्रियाकलाप गर्न सकिने उहाँले बताउनु भएको छ ।

अपरान्हको समयमा एक हुल किरा सो स्थानबाट पश्चिम तर्फ लागे पनि अरु थुप्रै हुल किरा अहिले पनि विभिन्न भेगका मकैबालीमा बसि नोक्सान गरिरहेको तथा रातको समय भएका कारण किरा भगाउन समस्या भएको र रातभरिको समयमा ठूलो क्षती पुर्याउन सक्ने अनुमान गरिएको छ । जसका कारण यस भेग मात्र नभै पुरै मकवानपुरगढी गाउँपालिका नै उच्च जोखिममा रहेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्