बागमती प्रदेश दुग्ध विकास बोर्डको सदस्य पदमा मकवानपुरका बासुदेव अधिकारी मनोनित

मकवानपुर – बागमती प्रदेशको प्रदेश दुग्ध विकास बोर्डको सदस्य पदमा मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी मनोनित हुनुभएको छ ।

गत साउन ८ गते बसेको दुग्ध विकास बोर्डको बैठकले अधिकारीलाई सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको बोर्डका निर्देशक डा. नारायणबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

सदस्य पदमा मनोनित अधिकारीले दुग्ध क्षेत्रको विकास र विस्तारमा लागिपर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin