२६ श्रावण २०७७ , मकवानपुर – मकवानपुर जिल्लामा रहेका सहकारीहरु कोभिड १९ को उच्च जोखिममा रहेको भन्दै सामुदायिक संक्रमणबाट सुरक्षित रहन सबै विषयगत सहकारीहरुलाई यहि श्रावण मसान्तसम्म बन्द गर्न मकवानपुर जिल्ला सहकारी संघले अनुरोध गरेको छ ।

मकवानपुरमा कोभिड १९ को संक्रमण दिनानुदिन बढ्दै गएपछि मकवानपुर जिल्ला कमाण्ड पोस्टको निर्णयबाट जिल्ला सुरक्षा समितिमा भएको सिफारिस अनुसार यहि श्रावण २६ गते राती १२ बजे देखि सुरक्षाको कारण निषेधाज्ञा गर्ने सुचना लागू भए सँगै सहकारी क्षेत्र समेत कोभीड १९ को कारण अत्यधिक जोखिममा रहेकोे र समुदायमा संक्रमण तिब्र रुपमा फैलिन सक्ने सम्भावना रहेको भन्दै जिल्लाका विभिन्न विषयगत सहकारी संघ तथा रास्ट्रीय सहकारी बैंकका प्रतिनिधि सहितको उपस्थितिमा मकवानपुर जिल्ला सहकारी संघमा आज भएको छलफलबाट सबैको सहमतिमा आजैका दिन देखि यहि श्रावण मसान्तसम्म मकवानपुर जिल्लामा रहेका सबै सहकारीहरु बन्द गर्न मकवानपुर जिल्ला सहकारी संघले विज्ञप्ति मार्फत अनुरोध गरेको छ । तर अति आवश्यक सेवालाई भने सुरक्षा उपाय अपनाइ सेवा सन्चालन गर्न भनिएको छ ।

सरकारले दुधलाई अत्यावश्यक खाद्यान्न भित्र वर्गीकरण गरेकोले दुग्ध सहकारीहरुलाई भने बन्द गर्न अनुरोध गरिएको छैन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्