निषेधाज्ञा अवधिभर सहकारी बित्तीय संस्था संचालन नगर्न अनुरोध

मकवानपुर , हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यलय मकवानपुरले पुनः भाद्र ९ गते सम्म निषेधाज्ञा जारी गरेपछी मकवानपुर जिल्ला सहकारी संघ लि ले उक्त अवधिसम्म निषेधाज्ञा भएका क्षेत्रमा रहेका सम्पुर्ण सहकारी लगायत बित्तीय संस्थाहरु संचालन नगर्न अनुरोध गरेको छ।
मकवानपुर जिल्ला सहकारी संघ लि का अध्यक्ष नारायणप्रसाद देबकोटाले आइतबार एक बिज्ञप्ति जारि गरि अत्यावश्यक काममा सुरक्षाको सम्पुर्ण उपाय अबलम्बन गरि सदस्यहरुलाइ सेवा प्रदान गर्न समेत अनुरोध गर्नु भएको छ। कोरोना भाइरस कोभिड १९ को संक्रमण बढीरहेको अवस्थामा सहकारी संस्था लगायतको बित्तीय सस्था बढी जोखिममा रहेकोले सुरक्षित रहन समेत केन्द्रीय दुग्ध सहकारी संघ का अध्यक्ष र राष्ट्रिय सहकारी महासंघका संचालक समेत रहेका देबकोटाले आग्रह गर्नुभयो ।
यसै बिच थाहा नगारपालिकामा रहेका बित्तीय संस्थाहरु सुरक्षाका बिधी अपनाइ बिहान १० बजे देखी दिउसो २ बजे सम्म मात्र संचालन गरिने भएको छ । आइतबार थाहा नगरपालिकामा भएको बैठकले सर्वसाधारणमा कोरोना भाइरसको खतरा बढेको कारण बित्तीय संस्थाहरु बढी जोखिममा रहेकोले कार्य समय कम गरिएको थाहा नगरपालिका प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले बताउनु भयो । साथै बित्तीय सेवा लिन जादा सर्वसाधारण नगरिकले सुरक्षाको बिधी पुर्ण रुपमा पालना गर्न समेत प्रमुख घिमिरेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin