हेटौंडा । मकवानपुर जिल्लामा आज एकै दिन ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार हेटौंडा र धुलीखेलमा गरिएको परिक्षणका क्रममा आज एकै दिनमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रयोगशालामा मकवानपुर जिल्लाका १५ जनामा कोरोना संक्रमण भएको उहाँले वताउनुभयो । हेटौंडाको प्रयोगशालामा मकवानपुर जिल्लाका १५ जना र काभ्रे जिल्लाको धुलीखेत स्थीत जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो ।

हेटौंडाको प्रयोगशालामा आज कुल २ सय ८८ जनाको स्वाब परिक्षण गरिएको थियो । त्यस मध्यमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । मकवानपुर जिल्लाका १५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने अरु ८ जना भने मकवानपुर बाहेकका जिल्लाको स्वाबमा रिपोर्ट पोजेटिभ आएको थियो । २ सय ६५ जनाको रिपोर्ट भने नेगेटिभ आएको डाक्टर सेढाईले वताउनुभयो ।

यसैगरी काभ्रेको धुलीखेलको प्रयोगशालामा ५ सय ७ जनाको कोरोना परिक्षण गरिएको थियो । त्यस मध्यमा कुल ५५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यस मध्यमा ४३ जना मकवानपुरको र अरु अरु १२ जनाको पोजेटिभ रिपोर्ट मकवानपुर बाहेकका जिल्लाको रहेको छ । ४ सय ५२ जनाको रिपोर्ट भने नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्