आज अपरान्ह परेको असिना पानी र सँगै आएको हावाहुरीले लाखौं मुल्यको तरकारी बालीमा क्षती पुगेको छ ।
मकवानपुरगढी गाउँ पालिका वडा नं. २ , ३ , ५ , ६ लगायत वडाका किसानहरुले लगाएको तरकारी बालीमा क्षती पुगेको हो । वडा नं. – ३ को धमिलेफाँट तथा वडा नं. – ६ को डुम्रेकुनामा अझ धेरै क्षती पुगेको तिमल्सिना तरकारी तथा फलफुल कृषि फर्म वडा नं. – ३ , देविडाँडाका प्रोपाइटर बद्रीप्रसाद तिमल्सिनाले बताए । उनले धमिले फाँटमा करिब सात बिगाहा क्षेत्रफल जग्गा भाडामा लिएर टनेल बनाई तरकारी तथा फलफूल खेती गर्दै आएका थिए । फर्सी , काँक्रो , लौका , खुर्सानी लगायतका तरकारीको बीउ- बेर्नामा मात्र दुई लाख भन्दा माथी खर्च भएको थियो सबै स्वाहा बनायो तिमल्सिनाले दुखेसो पोखे । उनैको सिको गर्दै अन्य किसानले समेत जग्गा भाडामा लिएर तरकारी तथा फलफूल खेती गर्दै आएका थिए ।लाखौं को लगानीमा लगाईएको बालीमा क्षति पुगेपछि किसानहरु चिन्तित बनेका छन् ।



