शिक्षाको विकास गर्नु प्रदेश सरकारको पहिलो प्राथामिकता – मुख्यमन्त्री पौडेल

हेटौंडा –  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिक्षाको विकास गर्नु प्रदेश सरकारको पहिलो प्राथामिकता भएको वताउनु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरबरोडमा रहेको मकवानपुर टेक्निकल इन्स्टिच्युटको रजत महोत्सबको आज उद्घाटन् गर्दै उहाँले शिक्षाको क्षेत्रमा लगानी गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो । शिक्षालाई अगाडी बढाउन नसके मुलुक समृद्ध वन्न नसक्ने भन्दै उहाले क्षमता विकास गर्न लाग्नुपर्ने वताउनुभयो । आफ्ना शैक्षीक कृयाकलापहरुलाइृ प्रबिधि मैत्री बनाउँदै लगेको मकवानपुर टेक्निकल इन्स्टिच्युटमा टेक्नकिल पढाइ हुने गरेको छ । यहाँ सिएमए, अनमी, ल्याब एसिस्टेन्टको पढाइ हुँदे आएको छ । बिभीन्न संघसंस्थाको सहयोगमा २ सय ३९ जनालाई छात्रबृत्तिमा पढाइएको इन्स्टिच्युटका निमित्त निर्देशक चन्द्र शेखर पण्डीतले वताउनुभयो ।

सिटिइभिटीको सहयोगमा १० प्रतिशत छात्रबृत्तिमा पढाइ हुँदै आएको उहाँले वताउनुभयो । यस संस्थाबाट सुरुवात देखि हाल सम्म सिएमए ८ सय ११ जना, अनमी ६ सय २७ जना, ल्याब एसिस्टेन्ट ४ सय ८ जना, एचए २ सय जना, अध्ययन गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup