![](http://radiomakwanpurgadhi.com/wp-content/uploads/2021/03/157977751-1024x768.jpg)
हेटौडा – उज्यालो यात्रा युवा क्लबले आज मकवानपुरगढि गाउँपालिका वडा नं. ५ स्थित बुङ्दलमा महाशिवरात्री विधिपूर्वक मनाएको छ ।
कार्यक्रम आज मोक्ष धाममा शिव साधक श्री हरि प्रसाद बजगाई बाट पूजन कार्यविधि बाट सम्पन्न गरिएको हो ।
कार्यक्रममा क्लबका पदाधिकारीहरु, स्थानिय बुद्धिजीवि, समाजसेवीहरु तथा भक्तजनहरुको उपस्थिती रहेको थियो । उहाँहरुले क्लबले गर्ने सामाजिक कार्य तथा धार्मिक कार्यको लागि सदैव साथ र सहयोग गर्ने बताउनुभयो । उपस्थित सबैलाई प्रसाद वितरण गरिएको थियो ।
युवापुस्ता तथा उपस्थित सबैलाई शिव ज्ञान तथा महाशिवरात्री पर्वको बारेमा बताउदै आगामी दिनहरुमा आध्यिात्मिक तथा धार्मिक गतिविधीहरुमा सदैव साथ दिने कुरा शिव साधक श्री हरि प्रसाद बजगाई ज्यूले बताउनुभयो । यस महाशिवरात्री पर्वको यस अवसरमा सम्पूर्ण नेपालीहरुमा सुख, समृद्धिको शुभकामना दिदै यस क्लबका सचिब राजिब अधिकारीले संयोजकको रुपमा कार्य गरेका थिए ।