हेटौंडामा आजबाट सुरु भएको स्थानीय तह शहीद स्मृति गोल्डकप प्रतियोगितामा मकवानपुर-११ ले विजयी सुरुवात गरेको छ ।

उद्घाटन खेलमा नवजनजागृती युवा क्लब सिमरालाई ४-१ गोल अन्तरले हराउँदै मकवानपुर-११ ले विजयी सुरुवात गरेको हो । मकवानपुरको लागि खेलको २८ औं मिनेटमा बिमल रानाले पहिलो गोल गरेका थिए । खेलको ३२ औं मिनेटमा सिमराका मोहित गुरुङ्गले गोल गर्दै खेललाई बराबरमा फर्काएका थिए ।

खेलको ५७ औं मिनेटमा रन्जन विष्ट,६६ औं मिनेटमा राना र ७७ मिनेटमा मकवानपुर–११ का अमिर श्रेष्ठले गोल गर्दै टोलिलाई ४–१ को जित दिलाए । खेलमा बिमल राना मगर म्यानअफ द म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्