सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

सामुदायिक रेडियो प्रसारक सङ्घ अकोराबको अध्यक्षमा अर्जुन गिरी निर्बाचित हुनु भएको छ । अध्यक्ष पदका लागि भएको मतदानमा कुल खसेको १ सय ७९ मध्ये गिरीले १ सय ६३ मत पाउनु भएको छ । अकोराबको सातौँ अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सातौंअधिवेशनले अध्यक्ष बाहेक अन्य सबै पदमा सर्वसम्मत चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी, मधेश उपाध्यक्षमा निमेष कर्ण, जनजाति उपाध्यक्षमा मिलन गाहा, महिला उपाध्यक्षमा बन्दना दनुवार र दलित उपाध्यक्षमा भुवन सिंह चयन हुनुभएको छ ।

महासचिवमा किशोरजङ्ग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन हुनुभएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता डा। रामहरि त्रिपाठीले जानकारी दिनुभयो । खुल्ला केन्द्रीय सदस्यमा कृष्णहरि घिमिरे, नवीनराज पौडेल, ध्रुबराज ढकाल, रोशनमान श्रेष्ठ र शुक्रराज भण्डारी चयन हुनुभएको छ ।

महिला केन्द्रीय सदस्यमा कमला कँडेल, गीता न्यौपाने र दिपु पोखरेल चयन हुनुभएको छ । मधेसी केन्द्रीय सदस्यमा नवीननरसिंह नेपाली र अजयकुमार यादव, जनजाति केन्द्रीय सदस्यमा कष्णकुमार एस्माली र पुष्पा चौधरी, दलित सदस्यमा हेमन्तबहादुर विश्वकर्मा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश केन्द्रीय सदस्यमा प्रदेश १ बाट टेकबहादुर खड्का, प्रदेश २ बाट जिवछ चौधरी, बागमतीबाट भक्तबहादुर स्याङ्तान, गण्डकीबाट रामनारायण सुवेदी, लुम्बिनीबाट संगीत बस्याल, कर्णालीबाट बालकुमार शर्मा र सुदूरपश्चिम प्रदेशबाट केशवदत्त भट्ट चयन हुनुभएको छ ।

लेखा समिति संयोजकमा भूमिराज चापागाईँ र सदस्यमा रामभरोसी महतो अनि प्रल्हाद पोखरेल चयन हुनुभएको छ ।अधिवेशनले प्रदेश नम्बर १ मा विदुर खवास, प्रदेश नम्बर २ मा मनोजकुमार यादव, बागमती प्रदेशमा बलराम श्रेष्ठ, गण्डकी प्रदेशमा गणेश श्रेष्ठ, लुम्बिनी प्रदेशमा राजु खरालको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

कर्णाली प्रदेशमा गोरखबहादुर थापा र सुदूरपश्चिममा जगतबहादुर खड्काको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । निर्वाचित भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष अर्जुन गिरीले आगामी दिनमा सामुदायिक रेडियो प्रसारक संघलाई सामुदायिक रेडियोहरूको हितमा अघि बढाउनका लागि सबै पक्षसँग सहकार्य गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WP Popup