विदेशी नागरिक मार्कुस बेलिङ्गरको सहयोगमा विद्यार्थीलाई ट्रयाक सुट तथा शैक्षिक सामग्री वितरण गरिएको छ । मकवानपुरको भिमफेदी गाँउपालिका वडा नम्बर ७ कोगटे मेल्टारमा रहेको श्री माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग भएको हो । सञ्चारकर्मी अमर लामा र अभियन्ता सञ्जय लोप्चन बिहिबार विद्यालय पुगेर सामग्री वितरण गरिएको छ । विद्यालयमा अध्ययन गर्ने ३५ जना विद्यार्थीलाई ट्रयाक सुट , जुक्ता , मोजा , खेलाउन सामग्री (बल) र शैक्षिक सामग्री वितरण गरिएको छ । जर्मनीबाट जल्मा स्याङ्तानको पहलमा विदेशी नागरिक मार्कुसले विपन्न , गरिब तथा पिछडिएका विद्यार्थीहरुलाई सहयोग गरेको र विद्यार्थीलाई पढ्नमा केही सहज होस भन्ने हेतुले सामग्री सहयोग गरेको अभियन्ता लोप्चनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार आचार्य , विद्यालयका प्रधानाध्यपक सुब्बा आले , अन्य शिक्षक÷शिक्षिका र अभिभावकहरुको उपस्थितिमा सामग्री वितरण गरिएको सञ्चारकर्मी लामाले बताए । वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक आलेले सहयोगीदातालाई धन्यवाद दिएका छन् । यसअघि सञ्चारकर्मी लामाको नेतृत्वमा मकवानपुरगढी–५ मा रहेको ज्योति प्रा.वि , मनहरी गाउँपालिका–२ मा रहेको सिता मावि र मकवानपुरगढी–७ मा रहेको बागेश्वरी प्रा.वि मा सामग्री वितरण गरिसकेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्