
१८ जेष्ठ २०७८
मकवानपुरगढी सामुदायिक कोभिड प्रतिकार्य समुहले अन्य दिनहरुका झै आज पनि सङ्क्रमण रोकथाम अभियान अन्तर्गत समुहले बिभिन्न सस्थामा स्वास्थ्य सामाग्रिहरु बितरण गरेको छ । ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे सहितको टोलिले आज मक्रान्चुली सामुदायिक स्वास्थ्य ईकाइलाई १ थान थर्मल गन र २ थान अक्सिमिटर हस्तान्तरण गरिएको छ ।
दैनिक रुपमा किसानहरुको ओहोर दोहो हुने मनकामना दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडलाई पनि १ थान थर्मल गन हस्तान्तरण वडा अध्यक्ष भागवत घिमिरेले सस्थाका अध्यक्ष अर्जुन प्रसाद दहाललाई हस्तान्तरण गरेका हुन । सामुदायिक कोभिड प्रतिकार्य समुहले इलाका प्रहरी कार्यालय मकवानपुरगढी ३ लाई १ थान थर्मल गन २०० थान मास्क संगै ३ लिटर स्यानिटाइजर र केही थान हात धुने साबुन हस्तान्तरण गरेको छ ।
यसै बिच समुहले मकवानपुरगढी वडा नम्वर ४ मा रहेका सक्रिय कोभिड सङ्क्रमित परिवारलाई वडाध्यक्ष भागवत घिमिरे सहितको समुहले पोषिलो खानेकुरा र स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको थियो । साथै प्रतिकार्य समुहले जनचेतनाका लागि समुदायका भिडभाड हुने ठाउमा कोभिडबाट बच्ने र सङ्क्रमण रोकथाम हुने लगाएतका सन्देश मुलक फ्लेक्स ब्यानर झुन्ड्याउने गरेको काम छ ।हेटौडा टुडे अनलाईनबाट साभार