सानाकिसान कृषि सहकारीद्वारा व्यवसायिक पशुपालक किसानलाई चापकटर प्रदान

१८ जेष्ठ २०७८ मकवानपुरगढी- मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाले सोमबार आफ्ना ब्यवसायिक पशुपालक सदस्यहरुलाई घाँस कुड्क्याउने चापकटर मेसिन वितरण गरेको छ ।

पशु बिज्ञ केन्द्र भेटेनरी अस्पताल को सहयोगमा ७ वटा चापकटर संस्थाका व्यवसायिक पशुपालक सदस्यलाई वितरण गरिएको संस्थाकी अध्यक्ष निर्मला लम्सालले बताउनु भएको छ । धेरै पशुपालन गर्ने किसानलाई घाँस कुड्क्याउन धेरै समय लाग्ने गरेकोमा मेसिनको प्रयोग गर्दा सजिलो र समयको बचत हुने अध्यक्ष लम्सालले बताउनुभयो ।

मेसिन वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष भागवत घिमिरे, गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, पशुशाखा प्रमुख सत्यनारायण साह, संस्थाका अध्यक्ष निर्मला लम्साल , प्रबन्धक गिता लम्साल लगायतकाको सहभागीता रहेको थियो । शुभ बिहानी अनलाईनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin