१९ जेष्ठ २०७८

रेडियो मकवानपुरगढी- जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको डि.सि.सि.एम.सि बैठकले जिल्लामा जेठ ३१ गतेसम्म निषेधाज्ञा लब्याउने निर्णय गरेको छ ।
बैठकले खाद्यान्न, तरकारी र दूध बिक्री गर्ने पसल खोल्ने निर्णय गरेको छ । २०७८ जेठ २० गतेदेखि बिहान ४ बजेदेखि ८ बजेसम्म किराना पसल, दूध र तरकारी पसल सञ्चालन गर्न दिने निर्णय भएको छ । बैठकले निर्माण सामाग्रीका पसल दिउँसो मात्र सञ्चालन गर्न दिने भएको छ । त्यस बाहेकका सबै व्यवसाय बन्द गर्ने र अटेर गरेमा कारबाही गर्ने समेत बैठकले निर्णय गरेको छ ।
यस्तै बैकहरु सातामा तीन दिन सञ्चालन हुने भएका छन् । यसअघि बैकहरु सातामा दुई दिन मात्र सञ्चालन गर्ने अनुमति दिइएको थियो । यसपटक मनिट्रन्सफरहरु पनि सातामा तीन दिन ९आईतबार, मंगलबार र बिहिबार० सञ्चालनको अनुमति दिइएको छ । तर सहकारी संस्था र अन्य वित्तिय संस्थालाई भने सञ्चालनमा रोक लगाइएको छ । बैकहरु बिहान १० बजेबाट २ बजेसम्म सञ्चालन गर्नुपर्ने छ ।
बैक तथा अन्य पसलहरुमा हुने भीडभाड नियन्त्रण र सामाजिक दुरी कायम र स्वास्थ्य मापदण्ड कायम गर्न सम्वन्धित पक्षले ध्यान दिनुपर्ने उल्लेख छ । लापरबाही गरेको पाइएमा कारबाही गर्ने बैठकले निर्णय गरेको छ ।
डिपार्टमेन्ट स्टोर र मार्टहरुले होम डेलिभरीमात्र गर्न पाउने निर्णय भएको छ भने होलसेल पसलले खुद्रा बिक्री गर्न नपाइने जनाइएको छ । बैठकले खोपे गल्लीको तरकारी पसल भने सञ्चालन गर्न नदिने निर्णय गरेको छ । यस्तै मेडिकल, बिउबिजन तथा भेटनरी पसलहरु भने सञ्चालन गर्न दिइने छ ।
