अमिर परिश्रमी
२० जेष्ठ २०७८- ग्रामीण महिला सेवा केन्द्र र प्लान इन्टरनेशनलको साझेदारीमा सञ्चालित नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत २ दिने मानसिक तथा मनोसामाजिक सु-स्वास्थ्य सम्बन्धि तालिम सम्पन्न भएको छ । ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षमा भएको कार्यक्रममा मनोपरामर्शदाताहरु बिजया प्रधान र निर्जला भट्टराईले सहजीकरण गर्नुभएको थीयो ।
हालको यो विषम परिस्थितिमा आउन सक्ने समस्या पहिचान तथा निवाकरण गर्ने तथा तालिमका सहभागीहरु बाट पनि समाजमा मनोसामाजिक सु-स्वास्थ्य समन्धी सचेतना अभिवृद्धि गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्था ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपाने (दिप) ले जानकारी दिनु भयो ।
कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रका कार्यसमिति पदाधिकारी, कर्मचारी, परिवर्तनका संवाहक सहजकर्ता ,विभिन्न विद्यालयका शिक्षकहरु,स्वास्थ्यकर्मी तथा सहकारीकर्मी को उपस्थिती रहेकों थियो ।
कार्यक्रम भर्च्युअल् बिधि बाट सम्पन्न भयो ।
