मकवानपुरगढीगाउँपालीका कृषी शाखा प्रमुख चन्द्रकान्त चौधरीसंग धानबालीको ब्याड व्यवस्थापन र वीउको छनौटको बिषयमा पत्रकार एम पि शर्माले गर्नु भएको कुराकानी ।

असार लाग्न थाल्यो कृषकहरुले धानको वीउ राख्ने बेला पनि भयो ? किसानहरुलाई वीउको छनौट र व्याड व्यवस्थापनको विषयमा केही जानकारी गराईदिनु हुन्छ कि?

: हाम्रो नेपालको प्रमुख खाद्यान्न बाली धानले खाद्य सुरक्षामा सवभन्दा धेरै योगदान रहेको छ । अहिले धानको ब्याड राख्ने उपयुक्त समय पनि हो । एउटा भनाई छ “जस्तो रोप्यो त्यस्तै फल्छ” यो उक्तिवाट नैे बुझिन्छ कि वाली उत्पादन र उत्पादकतवमा वृद्धि ल्याउन वीउको अहम भूमिका रहन्छ । तसर्थ हामीले वीउको छनौटमै विशेष ध्यानदिनु पर्ने हुन्छ ।

विभिन्न अध्ययन अनुसंधानबाट प्रमाणित भैसकेको छ कि स्थानीय खेती व्यवस्थामा असल गुणस्तरीय वीउको प्रयोगले मात्र पनि १५ देखि २०% सम्म यसै वृद्धि ल्याउन सकिन्छ । अझ वैज्ञानिक खेति व्यवस्थाको साथमा असल वीउ प्रयोग गर्दा उन्नत जातको पूरै उत्पादन क्षमता लिन सकिन्छ र उत्पादनमा अरु धेरै वृद्धि हुनजान्छ ।

सर्वसाधारण कृषकहरुले असल र गुणस्तरीय वीउ कसरी छनौट गर्न सक्छ ?
: किसानहरुले दुई किसिमका धान लगाउने गरेका छन्, हाईब्रिड र उन्नत। अहिले पनि अधिकांंश कृषकहरुले बढी उन्नतवीउकै प्रयोग गरेको देखिन्छ भने हाईब्रिड वीउको प्रयोग दिनदिनै बढीरहेको देखिन्छ । वीउका पुस्ताहरु हुन्छ । प्रजनन् वीउ, प्रजनन वीउ लगाएपछि मूलवीउ, मूलवीउ लगाएपछि प्रमाणित वीउ र प्रमाणित वीउ पछि उन्नत वीउ । किसानको लागि सर्वसुलभ रुपमा उपलब्ध हुने भनेको उन्नत वीउ नै हो । सामान्यतया ३ देखि ४ वर्षमावीउ साट्नुपर्ने हुन्छ ।

भन्ने पछि किसानहरुले धानको उन्नतत थाहाईब्रिड वीउ बजारबाटै किनेर ल्याउनु पर्ने हुन्छ । बजारबाट वीउ खरिद गर्दा के के कुरामा ध्यान दिनुपर्छ ?
:कतिपय कृषकहरु त आफ्नै घरमा राखेका हुन्छन् । यदि बजारबाट धानको वीउ ल्याउदा नेपाल सरकारले सूचीकृत गरेका धानका वीउहरु मात्र खरिद गरि ल्याउनु पर्दछ । वीउ आधिकारिक र विश्वासिलो एग्रोभेट तथा संस्थाबाट खरिद गर्नु पर्दछ र उन्नत वीउ खरिद गर्दा त्यसमा यथार्थ संंकेत पत्र (लेबल) लगाएको छ कि छैन हेरेर लिनुपर्छ ।

वीउ सूचिकृत र यथार्थ संकेत पत्र भनेको के हो ? यो विषयमाकिसानले बुझ्ने भाषामा भनिदिनुस न ।
: वीउ सूचीकृत भनेको नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय वीउविजन समितिले नेपालको विभिन्न हावापानी र क्षेत्र अनुसार सिफारिस गरेको धानको जातहरु हो । किसानले वीउ खरिद गर्न जाँदाबिक्रेतालाई यो धानको जात सूचिकृत छ कि छैन, हाम्रो ठाउँको लागिउपयुक्त छ कि छैन, सोधेर खरिद गर्दा राम्रो हुन्छ । यथार्थ संकेत पत्रवीउको प्रत्येक बोरामा पहेलो रंगको लेबल लगाएको हुन्छ ।लेबलन लगाएको वीउ बिक्री गर्न पाइदैन । त्यसैले किसानहरुले बीउकिन्दा सूचिकृत भएको र याथर्थ संकेत पत्र लगाएको वीउखरिद गर्न अनुरोध गर्दछु ।

धान एक रोपनीवा एक कठा लगाउनु पर्यो धानको वीउभने कति राख्नु पर्छ ?
: यदि उन्नत जातको वीउहो भन्ने एक रोपनी क्षेत्रफलको लागि २.५ केजी र एक कठा क्षेत्रफलको लागि १.५ केजीका दरले वीउ राख्नु पर्दछ । त्यसैगरि हाईब्रिड जातको वीउ लगाउने हो भने एक रोपनीको लागि७५० ग्राम र एक कठाको लागि ५०० ग्रामका दरले वीउ राख्नुपर्दछ ।
बजारबाट वीउखरिद गरि ल्याएर अथवा घरमा राखेको वीउसिधै ब्याड बनाएर राख्ने हो कि केहीउपचार पनिगर्नुपर्छ ?
भनिन्छ रोगलागेर उपचार गर्नुभन्दा रोग लाग्ननदिनु नै उत्तम उपायहो । वास्तवमा ब्याडमा वीउ राख्नु भन्दा अगाडी उपचार गर्दा राम्रो हुन्छ । कतिपयकृषकहरुले उपचार गरेर राख्ने गरेको पनि छ तर अधिकांश कृषकहरुले उपचार नगरिकनधानको ब्याड राख्ने चलन रहेको छ ।
किसानहरुले स्थानीय स्तरमा कसरी धानको वीउउपचार गर्न सकिन्छ ?
: धानको बीउस्थानीय स्तरमानुन र पानीको घोल बनाई सरल तरिकाबाट छान्न सकिन्छ । हामीले बाहिरबाट हेर्दा प्रायधानको सवै दानाको आकार, प्रकार एउटै देखिन्छ तर तिनीहरुमध्ये बाट कतिपयदानाहरु चाउरिएका, रोगकीरा लागेका, दाना पुरा नभरिएको र कुनैको भित्रदाना समेत नरहेको हुन सक्छन् भने अन्यदानाहरु स्वस्थ, पुष्ट, पोटिला र चम्किला हुन्छन् । यस्तो स्वस्थ, पुष्ट धानको वीउनुन र पानीको घोल बनाई छान्दा राम्रो हुन्छ ।
भनेपछि किसानहरुले घरमै पनिनुन र पानीको घोल बनाई छान्न सकिने रहेछ । किसानहरुले नुन र पानीको घोल कसरी तयारी गर्ने र कसरी वीउ छान्ने प्रक्रियागत रुपमाबताई दिनुस न ।
: किसाने आफ्नै किसिमले पनि सादापानीमावीउ छान्ने गरेका छन् तर त्यसको प्रभावकारिताकमै देखिन्छ । नुन र पानीको घोलमा छानेर धानको वीउ राख्दात्यसको प्रभावकारिता राम्रो हुन्छ । अबयसको घोल बनाउने र छान्ने प्रक्रियाको वारेमा भन्छु ।

 एउटा भाँडो (बाल्टिनवा बाटा) मापानीलिने ।
 त्यसमाकुखुराको ताजानबिग्रेको एउटा अण्डा राख्ने ।
 सफापानीमाकुखराको अण्डा डुब्छ ।
 त्यसमानुन राख्दै घोल्दै जाने । नुनथप्दै जादा अण्डा माथीआउदैजान्छ ।
 नुनथप्दै जाँदा जब अण्डा पानीको सतहमाआधाभागबाहिर देखिन्छ तवनुन र पानीको मात्रा ठीक्क भयो भन्ने थाहापाउनु पर्छ ।
 प्रायः १ लिटर पानीको लागि २०० ग्रामनुनको आवश्यतापर्दछ ।
 यसरी नुन र पानीको मात्रा ठिक्कमात्रामामिली सकेपछि कुखुराको अण्डालाई पानीबाट हटाउनु पर्दछ ।
 तैयार गरेको नुनपानीमाधानको बीउ राख्नु पर्छ ।
 नुनपानीमाधानको पुष्ट, पोटीलादानाहरु तल फेदमा बस्दछन् भने रोग लागेका, आधा भरीएका, चाउरीएका, हरीयातथाखालीदानाहरु नुनपानीमा तैरीन्छन् ।
 त्यस पछी नुनपानीमा तैरीएकादानाहरु नीकालेर एउटा भाँडोमा राख्नु पर्छ ।
 नुनपानीमा डुबेका पुष्ट दानाहरु निकालेर अर्को भाँडोमा राखेर सफापानीले ३ –४ पटक धुनु पर्दछ ।
 उक्तबीउलाई बेर्ना राख्नको लागिप्रयोग गर्नु पर्दछ ।
 यसरी नुनपानीले छानेको वीउमाउमारशक्ति बढी र स्वस्थ हुन्छ । यसमा रोगको प्रभावपनिकम हुन्छ र वीउबाट लाग्ने खतरनाक रोगहरुलाई पनि रोकथामगर्न सक्छ ।
 सवै किसानलो नुन र पानीको घोलमावीउ छानेर ब्याड राख्न सक्यो भने पनिधानको राष्ट्रियस्तरमै धानको उत्पादन र उतपादकत्वमा बृद्धि गर्न सकिन्छ ।
हाम्रो मकवानपुरगढी गाउँपालिकामाकुनकुन क्षेत्रमाधान खेतीभईरहेको छ र कुनकुनजातलगाउदाउपयुक्त हुन्छ ?
: हाम्रो मकवानपुरगढी गाउँपालिकाको वडा नं. १ देखि ७ नं. वडासम्म धान खेती भईरहेको देखिन्छ । जसमा उन्नत र हाईब्रिड दुवै थरिको धान लगाईरहेका छन् । विशेष गरेर तल्लो क्षेत्र वा सिंचाई उपलब्ध भएको जग्गामा मकवानपुर १, सावित्री, रामधान र सूचिकृत हाईब्रिड धानका जातहरु लगाउन सिफारिस गरिरहेका छौ भने बर्षाको भरमा खेती गरिने अर्थात सिंचाई उपलब्ध नभएको जमिनमा राधा ४, हर्दिनाथ १, सुख्खाधान र सुख्खा सहन सक्ने हाईब्रिड धानका जातहरु लगाउदा उपयुक्त हुन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्