२६ जेष्ठ २०७८, बुधबार
मकवानपुरगढी गाउँपालीकामा आजबाट कोरोना बिरुद्धको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा लगाईदै छ । मकवानपुरगढीका ६२ बर्ष देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई उक्त खोप लगाउने स्वास्थ्य शाखा मकवानपुरगढीले जनाएको छ । गाउँपालीकाको ५,६,७,८ नं.वडामा बुधबार आज र वडा नं.१,२,३,४ मा भोली बिहिबार उतm खोपको पहिलो मात्रा लगाईने भएको हो । गाउँपालीकाको वडा नं. १ को आपँटार सामुदायिक स्वास्थ्य ईकाई आपँटार ,वडा नं.२ को मकवानपुरगढी स्वास्थ्य चौकी,शिखरकटेरी, वडा नं. ३ सामुदायिक स्वास्थ्य ईकाई मक्रान्चुली , वडा नं.४ शहिद रुद्र स्मृति स्वास्थ्य ईकाई रुद्रबाटिका, वडा नं. ५ आमभञ्ज्याङ स्वास्थ्य ईकाई , वडा नं. ६ डुम्रेकुना सामुदायिक स्वास्थ्य ईकाई ,डुम्रेकुना , वडा नं. ७ सुकौरा स्वास्थ्य चौकी र वडा नं. ८ को बुढिचौर स्वास्थ्य चौकीमा बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्म खोप कार्यक्रम संन्चालन हुने गाउँपालीकाका स्वास्थ्य प्रमुख धुर्ब प्रसाद लामिछानेले जानकारी दिनु भयो । खोप लगाउन आउदा आफ्नो नाम र उमेर खुल्ने परिचय पत्र ल्याउन पनि आग्रह गरीएको छ । मकवानपुरको बिभिन्न स्थानीय तहमा पनि आजदेखि भेरोसेल खोप लगाईदै छ ।