बागमती र मनहरी गा.पा मा ग्रामीणको करिब २९,४४,५०० रकम बराबरको कार्यक्रम सम्पन्न

२६ जेष्ठ २०७७, ग्रामीण महिला सेवा केन्द्रले प्लान संग साझेदारी गरेको LEAD & DECIDE कार्यक्रम अन्तर्गत मकवानपुरको बागमती र मनहरी गा.पा मा करिब २९,४४,५००/- बराबरको कार्यक्रम सम्पन्न गरेको बार्षिक सामाजिक लेखाजोखा कार्यक्रम गर्दै जानकारी गराएको छ ।

आज भर्च्युअल् रुपमा बागमती गा.पा. र मनहरी गा.पा केन्द्रित गरि गरिएको बार्षिक सामाजिक लेखाजोखा कार्यक्रममा बागमती गा.पा अध्यक्ष सर्केश घलानले कार्यालयले गरेको कार्यक्रम तथा आर्थिक पारदर्शिता कायम गर्न यो कार्यक्रम आयोजना गरेकोमा खुशी ब्यक्त गर्नु भयो भने मनहरी गा.पा की उपाध्यक्ष मनिला विष्टले मनहरी गा.पा लाई यो प्रभावकारी मुलक कार्यक्रमले सहयोग गरेकोले निरन्तरताको लागी जोड गर्नुहुदै गा.पा. ले आवश्येक सहयोह गर्ने बताउनु भयो । सो कार्यक्रममा प्रमुक प्रशासकीय अधिकृत वडा अधयक्ष पत्रकार लगायतले सहभागिता रहेको थियो कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले सम्पन्न क्रियाकलापको बारेमा र वित्त तथा प्रशासन अधिकृत सर्मिला मगरले कार्यक्रम संचालनको क्रममा बागमती गा.पा मा करिब १३,९१,८००/- र मनहरी गा.पा मा करिब १५,५२,७००/- बजेट खर्च भएकोको जानकारी गर्नुभएको थियो ।

कार्यक्रम ग्रामीण महिला सेवा केन्द्रकी अध्यक्ष उर्मिला कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

Flash News समाचार