मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा दुग्ध परिकार बिबिधिकरण आयोजना सुरु

मकवानपुरगढी ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दुग्ध परिकार बिबिधिकरण आयोजना अन्तरगत उत्पादन सुभारम्भ गरेको छ ।
कोरोना महामारीका कारण किसानले उत्पादन गरेको दुध बिक्रि बितरणमा समस्या उत्पन्न भएको बेला यस आयोजनाले किसानहरुलाई राहात पुग्ने भएको छ ।
आज एक कार्यक्रमका बिच मकवानपुरगढी गाउँपालीकाका अध्यक्ष बिदुर हुमागाईले आयोजनाको उद्धघाटन गदै मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले नमुना योग्य काम गरेको बताउनु भयो ।आफुले सहकारी संस्थाहरुलाई उत्पादन संग जोडेर लैजानु पर्ने बताउदै आएको र केही गर्न चाहने सहकारीलाई गाउँपालीकाले सधै सहयोग गर्ने बताउनु भयो । मनकामना दुग्ध उत्पादक सहकारीले थालनी गरेको यो कार्यलाई गाउपालीका भित्रका अन्य सहकारी संस्थामा सुरु गर्न प्रोत्साहन गर्ने बताउनु भयो । गाउँपालीकाले किसानलाई बिशेष प्राथामिकतामा राखेको र किसानको हितको लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनु भयो । मकवानपुरगढी गाउँपालीकाको तीन वटा ब्लक छुट्याएर किसानका उत्पादनलाई सहकारी मार्फत बजारीकरणमा प्रोत्साहन गर्ने पनि बताउनु भयो । संस्थाका पुर्ब अध्यक्ष बद्रि लंसालले दुग्ध उत्पादक सहकारी संस्थाहरु उत्पादक नभएर संंकलक र बिक्रेताको भुमिकामा मात्रै काम गर्दै आएकोमा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाबाट अरु सहकारीले सिक्नु पर्ने बताउनु भयो । जब सम्म उत्पादन र बजारीकरणमा जान सक्दैन तब सम्म सहकारी आत्मा निर्भर र दिगो नहुने बताउनु भयो । पसुपालक किसानलाई लगानी गर्न प्रोत्साहन गर्नेले उत्पादीत चिज बस्तुको बजारीकरणको ग्यारेन्टी पनि लिनु पर्ने बताउनु भयो । ढिलै भए पनि मनकामना सहकारीले दुग्ध जन्य परिकार उत्पादन सुरु गरेको र यसको दिगोपनको लागि सबै क्षेत्रबाट सहयोग गर्नु पर्ने बताउनु भयो ।
वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेले धेरै चुनौतीहरुबिच सुरुगरीएको दुग्ध परिकार बिबिधिकरण योजनालाई नमुना योग्य बनाउन आफ्नो सधै सहयोग रहने बताउनु भयो । उत्पादीत परिकारलाई बजारीकरणको लागि पनि समन्वय भईरहेको बताउनु भयो ।मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन दहालले दुधलाई बिबिधिकरण गरेर बजारमा लैजानु पर्छ भन्ने उद्धेश्यले काम सुरु गरेको बताउनु भयो । अहिले कोरोनाको बिषम परिस्थितिमा काम सुरु गर्नु आफैमा चुनौती पुर्ण भए पनि यसले दुध बिक्रि गर्न नपाएका किसानलाई राहात पुग्ने बताउनु भयो । कार्यक्रममा, संस्थाका निबर्तमान अध्यक्ष कृष्ण प्रसाद दहाल , पुर्ब अध्यक्ष तेज प्रसाद लम्साल निबर्तमान ब्यबस्थापक बलराम हुमागाई , रानि सामुदायिक बन उपभोता समितिका अध्यक्ष बिष्णु न्यौपाने , संस्थाकी ब्यबस्थापक शशि लंसाल लगायत पसुपालक किसानहरुको उपस्थिति रहेको थियो । मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले २३ लाख लागतमा दुग्ध परिकार बिबिधिकरण योजना स्थापना गरीको हो ।

Flash News समाचार