
०४ साउन २०७८ -ग्रामीण महिला सेवा केन्द्रलेआगामीआर्थिक बर्षमा गर्ने कार्यक्रमको बार्षीक योजना छनोट तथा बजेट बिनियोजन गरेको छ । मकवानपुरका स्थानीयतहका सरोकारवाला बिच छलफल गर्दै बार्षीक योजना र कार्यक्रम सार्बजनीक गरेको हो । यसै बिच आज मकवानपुर गढी गाउँपालीकाका सरोकारवाला निकायका प्रतिनिधि बिच भएको कार्यक्रममा ग्रामीण महिला सेवाकेन्द्रले आगामी आर्थिक बर्षमा गर्ने कार्यक्रमको बिषयमा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी गराउनु भयो ।आगामी आर्थीक बर्षमापनि केन्द्रले बालबालीका लक्षित कार्यक्रम, किशोर ,किशोरीहरुको नेतृत्वबिकास, लैगीक समानता,यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यक्रमतर्जुमा गरीएको कार्यक्रम संयोजक न्यौपानेले जानकारी दिनु भयो ।प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा ग्रामिण महिला सेवा केन्द्रले नेतृत्व र निर्णय कार्यक्रम गर्दै आएको छ । आगामीआर्थिक बर्षमा पनि मकवानपुरगढी गाउँपालीकामा करिव १३ लाख रुपैया छुट्याएको केन्द्रले जनाएको छ । कार्यक्रममा मकवानपुरगढी गाउँपालीकाको प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनिले ग्रामीण महिला सेवा केन्द्रले तय गरेको कार्यक्रम उत्कृष्ट रहेको भन्दै गाउपालीकामा हुने कार्यक्रममा सहकार्य गर्न आफुहरु तयार रहेकोे बताउनु भयो ।महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा सिओसी ब्यबस्थापन समिती संयोजक हरि हुमागाई, बिष्णु दंगाल, कार्यपालीका सदस्य निमर्ला गजमेर , गाउँपालीका शिक्षा शाखा प्रतिनिधि भगबती घिमिरे, रेडियो मकवानपुरगढीका प्रबन्ध निर्देशक एम.म पि शर्मा, वडा नम्बर २ का स्वास्थ्य चौकी प्रमुख बिदुर लामिछाने लगायतकाले ग्रामिण महिला सेवाकेन्द्रले गर्दै आएको ग्रामिण क्षेत्र लक्षितकार्यक्रमको प्रसंसा गर्नु भएको थियो । भर्च्युअल् रुपमा भएको सो कार्यक्रम केन्द्रका एस बि सि सि सहजकर्ता अमिर दहालले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।
