०८ साउन २०७८ – मकवानपुरगढी गाउँपालिका ३ मा रहेको श्री सरस्वती आधारभूत विद्यालयले आज बाट दलित एबं छात्राहरुलाई छात्रवृत्ति वितरण गर्न सुरु गरेको छ विद्यालयल ब्यबस्थापन समितीका सदस्यहरु रुकमेणी ढुंगाना र शान्ति माया भोल्नले सयुक्त रुपमा छात्रवृत्ति बापतको रकम एक अभिभाकलाई हस्तान्तरण गर्दै कार्यक्रमको सुरु गर्नुभयको हो । नेपाल सरकारको छात्रा छात्रवृत्ति कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरण सुरु गरिएको विद्यालयलका प्र.अ बिष्णु प्रसाद सापकोटाले जानकारी दिदै उक्त कार्यक्रम बाट सो विद्यालयलका १० जना दलित र ४७ जना छात्रा लाभान्वित हुने र लाभग्रहिले रु ४०० को दरले छात्रवृत्ति रकम पाउने बताउनुभयो ।

हाल सम्म सरस्वती सहित पालिका भित्रका अन्य ३ विद्यालयले पनि कक्षा १ देखी ८ सम्म का दलित एबं छात्रा हरुलाई छात्रवृत्ति वितरण सुरुगरेको भएपनि कोभिट महामारीको करणले छात्रवृत्ति वितरण गर्न कठिनाई भैरहेको मकवानपुरगढी गाउँपालिकाका स्रोत शिक्षक दाशरथी उपाध्यायले जानकारी दिनुभयो।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्