९ साउन २०७८ नेकपा एमाले मकवानपुरगढी गाउँपालीका सचिवालय बैठकले पार्टीलाई एक ढिक्का बनाएर लैजाने निणर्य गरेको छ । नेकपा एमाले गढी गाउँ कमिटी संयोजक तेज प्रसाद लंसालको अध्यक्षतामा बसेको बैठकमा एमालेका मकवानपुरगढी सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो

। केन्द्रीय कमिटीले २०७५ जेष्ठ २ गते अघिको कमिटीलाई आधिकारीक मानेर अरु कमिटीहरुलाई निस्क्रीय पार्ने निणर्य गरे संगै बैठक बसेको सचिवालय सह संयोजक बिदुर हुमागाईले बताउनु भयो । स्थानीय कमिटीहरुको यो निणर्यले कार्यकर्तामा आशा जगाएको छ भने नेतृत्वलाई दबाब दिएको छ ।
नेकपा एमाले सत्तामा हुदा नेताहरुमा देखिएको असटुष्टी सरकार बाहिर आए पछि पार्टी भित्र गम्भिर समिक्षा सुरु भएको छ । पार्टी केन्द्रमा अध्यक्ष केपी शर्मा ओली र बरीष्ठ नेता माधबकुमार नेपाल बिच बिगतका तिक्ततालाई भुलेर पार्टीलाई शसक्त बनाउन पहल सुरु भईरहेका बेला बैठकले नेतृत्वलाई सन्देश दिएको एमाले जील्ला कमिटी उपाध्यक्ष बद्रि लंसालले बताउनु भयो ।

बैठकमा नेताहरु बद्रि प्रसाद लंसाल , तेज प्रसाद लंसाल, बिदुर हुमागाई , रामजी सापकोटा , हरि प्रसाद अधिकारी, हर्कमाया रुम्बा , प्रितम राम रुम्बा, मेम्बर लो,टिका प्रसाद दहाल,भागबत घिमिरे चन्द्र बहादुर योन्जन, रमिला घलान,रोमनाथ रेग्मी, एक्क बहादुर गोले ,जुलाफ सिंह रुम्बा , निर्मला लंसाल , शारदा तिमल्सीना , जित बहादुर घलान, बद्रि देबकोटा , राम प्रसाद तिमल्सीना ,उमेश अधिकारी, लगायतको बैठकमा सहभागिता थियो । एमाले फुटको संघारमा पुगेका बेला गम्भिर समिक्षा गर्दै पार्टीलाई एक ढिक्का बनाउन बैठकले सुझाव दिएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्