मकवानपुरगढीमा माओबादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन ।

१४ साउन २०७८

नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीका पार्टी कार्यालयको उद्धघाटन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गढी ३ मक्रान्चुलीमा स्थापना गरीएको पार्टी कार्यलयको माओबादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामी “छिन्तु” ले उद्धघाटन गर्नु भएको हो । माओबादी केन्द्र गढी गाउँकमिटी अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा माओबादी केन्द्र जील्ला सचिवालय सदस्य तथा गढी गाउपालीका ईन्चार्ज मानकुमारी पाख्रिन,जिल्ला समिति सदस्य चन्द्र बहादुर योन्जन , कृष्ण प्रसाद घिमिरे लगायत गाउपालीकाका नेकपा माओबादी केन्द्रका नेता कार्यकताको उपस्थिति रहेको थियो ।

Flash News समाचार