प्रतिगामि र प्रतिगामिको मतियारलाई बेलैमा चिन्न नसक्दा ३ बर्ष सम्म पार्टी डेड्लक भयो— छिन्तु

१४ साउन २०७८

माओबादी केन्द्र मकवानपुरका अध्यक्ष तथा बागमति प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी “छिन्तु” ले प्रतिगामि र प्रतिगामिको मतियारलाई बेलैमा चिन्न नसक्दा ३ बर्ष सम्म पार्टी डेड्लक भएको बताउनु भयो ।

मकवानपुरगढीका पार्टीकार्यकर्तासंगको अन्तरक्रियामा उहाले बिचौलिया र नब धनाढ्यबाद, सामन्तबादी अबसेस सहितका मानिसहरु पार्टीभित्र छिर्दा सिङगो नेकपा बन्न नसकेको बताउनु भयो । उहाँले एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्न भने पहल भईरहने बताउनु भयो । धोस्त हुदै गरेको संबिधानलाई बचाएर ठुलो उपलब्धी हासिल गरेको भन्दै यसले जनतामा उत्साह थपेको अध्यक्ष छिन्तुले बताउनु भयो ।

नेकपा माओबादी केन्द्र गढी गाउँ कमिटीलाई सुदृढ र ब्यबस्थीत बनाएर लैजान पार्टी कार्यालय स्थापना र अन्तरक्रिया कार्यक्रम गरीएको माओबादी केन्द्र जील्ला सचिवालय सदस्य तथा गढी गाउपालीका ईन्चार्ज मानकुमारी पाख्रिनले बताउनु भयो । हरेक वडामा संगठनलाई बिस्तार गर्दै पार्टी सदस्यता अध्याबधिक गर्दै लैजाने पाख्रिनले बताउनु भयो ।

माओबादी केन्द्र गढी गाउँकमिटी अध्यक्ष राजकुमार खड्काको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समिति सदस्य चन्द्र बहादुर योन्जन , कृष्ण प्रसाद घिमिरे लगायत गाउपालीकाका नेकपा माओबादी केन्द्रका नेता कार्यकताका को उपस्थिति रहेको थियो ।

More From Author

मकवानपुरगढीमा माओबादी केन्द्रको पार्टी कार्यालय उद्धघाटन ।

ओलीसँग भेट्न नेपालको ‘आनाकानी’

Leave a Reply

Your email address will not be published. Required fields are marked *