१५ श्रावण २०७८ हेटौंडा । मकवानपुरमा जिल्लामा फेरी निषेधाज्ञा थप गरिएको छ । निषेधाज्ञा आज राती १२ बजेदेखि लागूहुनेगरी २४ गते सम्म लागू हुने छ । मकवानपुरमा निषेधाज्ञा थप गरिएपनि यसको कार्यान्वयन भने पूर्ण रुपमा कार्यान्वयन भएको छैन । हेटौंडा बजार लगायत गाउँपालिका भीत्रका बजारमा भिड निकै बढेको छ ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतमा बसेको जिल्लास्तरीय कोभिड–१९ व्यस्थापन समितिको बैठकले १० दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि एक एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरिएको थियो तर, हिजो भने दश दिनका लागि निषेधाज्ञा थप गरिएको हो । यसअघि निषेधाज्ञाका लागि तोकिएका व्यवसाय र क्षेत्र साविक अनुसार नै संचालन हुने र सार्वजनिक यातायात पनि अघिल्लो पटक तोकिएको समय सम्म मात्र संचालन गर्न सकिने जनाइएको छ।
मकवानपुरमा स्वास्थ्य मापदण्ड अपनाएर निर्धारण गरिएको परीक्षा लिन पाइने भएको छ।जिल्ला प्रशासन कार्यालयमा बसेको बुधबार जिल्लास्तरीय कोभिड(१९ व्यवस्थापन समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित परीक्षा लिन अनुमति दिइएको हो।
परीक्षा संचालनका लागि २५ जनाभन्दा बढी परीक्षार्थी राख्न नमिल्ने, २५ भन्दा बढी परीक्षार्थी राख्न परे सिफ्ट वाइज परीक्षा सञ्चालन गर्न भनिएको छ। परीक्षा सञ्चालन गर्दा परीक्षा हलभित्र भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड मास्क,सेनिटाइजर अनिवार्य गर्न भनिएको छ।
जनपत्रबाट