कमिक कला कार्यशाला तालिम सुरु

१७ भदौ २०७८ प्लान ईन्टरनेशनल र नेपाल ग्रामिण महिला सेवा केन्द्रलेको संयुक्त आयोजनामा हेटौडामा कमिक कला कार्यशाला तालिम सुरु भएको छ ।

लैंगिक समानता के हो ? दैनिक भैरहेको लैंगिक विभेद, किशोरी मुद्दा, किशोरी हिंसालाई चित्र मार्फत अभिव्यक्त गर्न सकिन्छ भन्ने सन्देश दिन तालिमको आयोजना गरिएको प्लान ईन्टरनेशनल नेपालकी Girls Get Equal अभियानकी विशेषज्ञ श्रीजना बज्राचार्यले जानकारी दिनुभयो ।

२ दिन सम्म चल्ने तालिमको पहिलो चरणमा मकवानपुरगढी गाउ पालिका र हेटौडा १४ र १५ का युवाहरुको सहभागी रहेका छन् भने दाश्रो चरणमा बागमती  गाउ पालिका तथा मनहरी गाउ पालिका र अन्तिम चरणमा हेटौडा ३,१९,१२ १३ का युवाको सहभागिता रहने ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिनु भयो।

तालिम को सहजीकरण सुर्य सन्यासीले गरिरहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin