मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको१५ औ राष्ट्रिय दिवसको अवसरमा कार्यक्रम

२० भदौ २०७८ ‘‘मानव बेचबिखन मुक्त समाज, हाम्रो प्रतिबद्धता सबैको प्रयास र एक्यबद्धता’’ भन्ने नाराका साथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको १५ औ राष्ट्रिय दिवस को अवसरमा प्रदेश सरकार सामाजिक विकाश मन्त्रालय बागमती प्रदेश को आयोजना र मानव अधिकार  संरक्षण तथा मानव बेचबिखन बिरुद्धको संजाल मकवानपुरको समन्वमा आज २ वटा कार्यक्रमहरु भएका छन् ।

आइतबार बिहान बागमती प्रदेशका १३ वटै  जिल्लाका सरोकारवालाहरु संग भर्च्युअल् अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय बाट एस पि प्रहरी उपरीक्षक नवराज अधिकारीले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध प्रहरीको भूमिकाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयको थियो भने शक्ति समुहकी चरिमाया तामाङ्ले संग संस्थाले मानव बेचबिखन बिरुद्ध कस्तो भूमिका निर्वाह गर्न सक्छन भन्ने कार्यपत्र प्रस्तुत गर्नुभयो भने  संजालका सदस्य एबं बाल कल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध नागरिक समाजको भूमिका र नेपालको कानुनी व्यवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयको थियो ।

त्यस्तै आइतबार दिउसो हेटौडा १० बसपार्कमा पनि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ उक्त जनचेतना मुलक कार्यक्रममा जनचेतनामुलक पर्चा तथा स्टिकर वितरण गरिएको थियो ।

कार्यक्रममा सामाजिक विकाश मन्त्रालय बागमती प्रदेशकी महिला विकाश अधिकृत चन्द्रकुमारी व्यन्जनकार,जना स्वास्थ्य अधिकृत सन्तोषी पौडेल संजालकी संयोजक आरती पाठक सह संयोजक माया लामा लगाएत संजालका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin