तरकारी तथा फलफूल संकलन केन्द्र सुभारम्भ

भदौ २०, २०७८ आइतबार
मकवानपुरगढी गाउँपालिकाको कृषि विकास कार्यक्रम अन्तरगत तरकारी तथा फलफूल बजारीकरणमा प्रोत्साहन अनुदान कार्यक्रम शुरु भएको छ । आज एक कार्यक्रमका बीच धमिले कृषि सहकारी संस्था लि ले मकवानपुरगढी ३ मक्रान्चुलीबाट तरकारी तथा फलफूल संकलन र बजारीकरणको शुभारम्भ गरिएको हो । आज पहिलो दिन किसानहरुले उत्पादन गरेका ५२ क्रेट गोलभेडा संकलन भएको थियो ।

सहकारी मार्फत बजारीकरणमा अनाज खरिद बिक्रीमा प्रति केजी ४ रुपैया र तरकारी तथा फलफूल बजारीकरणमा प्रति केजी २ रुपैया का दरले गाउँपालिकाबाट प्रोत्साहन अनुदानको व्यवस्था गरेको छ ।
सहकारी मार्फत अनाज खरिद बिक्रीको कार्य गत आ।व। ०७७र७८ बाटै शुरुवात गरिएकोमा चालु आ।व। ०७८र७९ मा तरकारी तथा फलफूलमा समेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम शुरुवात गरिएको मकवानपुरगढी कृर्षी विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनु भयो ।

सहकारी संस्थाका अध्यक्ष नवराज सञ्जेलको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता र गाउपालीकाका सवै विषयगत शाखाका शाखा प्रमुखहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाका पदाधिकारीहरु, शेयर सदस्यहरु, कृषक र व्यपारीको उपस्थिति रहेको थियो । गाउँपालिका भरिमा यस वर्ष अनाज, तरकारी तथा फलफुल बजारीकरणका लागि ७ वटा सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले भदौ ५ गते देखि नै संकलन र बजारीकरणको काम थालिसकेका छन् ।

