प्रधानमन्त्री ओलीद्धारा देशबासीका नाममा सम्बोधन , १० गतेदेखि लामो दुरीका यात्रुबाहक सवारी चलाउन रोक

सरकारले चैत १० गतेदेखि लामो दुरीमा यात्रुबाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दैकेही प्रतिबन्ध घोषणा गर्नु भएको हो ।

लामो दुरीमा चल्ने सबै प्रकारका यात्रुबाहक सवारी चैत १० गतेदेखि सञ्चालनमा रोक लगाईने जनाईएको छ ।

कोरोना भाईरसको संक्रमण मान्छेहरुको आवतवाजतबाट फैलिने डर हुने भएकाले लामो दुरीको सवारी रोक्ने भनिएको छ, तर आपूर्ति सेवासँग सम्बन्धित कुनै पनि ढुवानी नरोकीने सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले बताउनु भयो ।

यस्तै, चैत ९ गते देखि १८ गतेसम्म नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थगित गरिएको छ ।आन्तरिक उडानहरु भने रोकीने छैन ।

सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य जाँचमा कडाई गरीने भएको छ ।

यसैगरी चैत ९ देखि २१ सम्म अत्यावश्यक बाहेक सबै कार्यालयबाट दिइने सेवा बन्द गरिने प्रधानमन्त्रीले जानकारी गराए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय समितिले प्रधानमन्त्रीको घोषणा कार्यान्वयनको योजना बनाउन मुख्यसचिव नेतृत्वको कार्यान्वयन समितिलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin