स्वास्थ्यकर्मीहरुलाई लाल्छना रहित यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखीकरण

कार्यक्रमका सहभागीहरु

२१ भदौ २०७८ ग्रामीण महिला सेवा केन्द्र र प्लान ईन्टरनेशनल नेपाल को साझेदारीमा सञ्चालित नेतृत्व र निर्णय कार्यक्रम अन्तर्गत हेटौडा उपमहानगरपालिका का ३,१२,१३,१४,१५ र १९ नं वडाका स्वास्थ्यकर्मीहरुलाई २ दिने लाल्छना रहित यौन तथा प्रजनन् स्वास्थ्य अधिकार सम्बन्धि अभिमुखीकरण एबं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ  ।

          कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, मातृ स्वास्थ्य,  सुरक्षित गर्भपतन, किशोर किशोरी मैत्री कक्ष, लगाएत बिषयहरुमा अभिमुखीकरण गरिएको  ग्रामीण महिला सेवा केन्द्रका कार्यक्रम संयोजक दिपक न्यौपानेले जानकारी दिनुभयो ।

भर्च्युअल् रुपमा भएको कार्यक्रमको सहजीकरण स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. राघबेन्द्र ठाकुरले गर्नुभएको थियो भने कुल १८ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

संस्थाकी अध्यक्ष उर्मिला कार्कीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संस्थाकी सचिब अचला शर्माले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

शुभकामना मन्तब्य राख्नुहुदै संस्थाकी सचिब अचला शर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin