
२७ भदौ २०७८ हेटौडा उपमहानगरपालिका १५ भोर्लेमा रहेको श्री आधारभूत विद्यालयको हाता स्थानीय संयुक्त युवा संजालले शनिवार सरसफाई गरेको छ ।
स्थानीय संयुक्त युवा संजालले आयोजना गरेको उक्त कार्यक्रममा ग्रामीण महिला सेवा केन्द्रले मास्क सहयोग गरेको छ लामो समय लकडाउनको कारणले विद्यालय बन्द रहेकोले विद्यालयमा झारपात उम्रेको र झाडी भएकोले सर्प लगायतको डर पनि हुने भएकोले आफ्नो क्षेत्रको विद्यालय हामी आफैले सरसफाई गरौ भन्ने उद्देश्यका साथ विद्यालय सरसफाई गरिएको संयुक्त युवा संजालका अध्यक्ष सुदिप भोमजनले जानकारी दिनुभयो ।
कार्यक्रमा संजालका सदस्यहरु तथा ग्रामीण महिला सेवा केन्द्रकी सामाजिक परिचालिका, अभिभाबक लगायतको सहभागिता रहेको थियो ।

