ओली बयलगाडाको पाइलट भन्ने प्रमाणित भयो : पुलामी

नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कमिटिको आयोजनामा वाइसिएल वडा भेला सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलामा बोल्दै पुलामीले केपी ओलीबाट सुशासन र समृद्धिको नेतृत्व सम्भव नहुने बताए । ‘ओली जहाजको पाइलट नभई बयलगाडाको पाइलट भन्ने प्रमाणित भयो, उनीबाट कम्युनिष्ट पार्टीले कुनै अपेक्षा गर्न मिल्दैन’, उनले भने । भेलाले सन्दिप पौडेलको अध्यक्षतामा ३१ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजकुरमा चौलागाई, सचिव सन्तोष चौँलागाई, कोषाध्यक्ष कविता खड्का लगायत चयन भएका छन् । नवगठित वाइसिएल कमिटिलाई वाइसिएल मकवानपुर इन्चार्ज सुमन पाख्रिनले पद तथा गोपनीयताको सपथ खुवाएका थिए । वडा कमिटि अध्यक्ष बासुदेव कट्टवालको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिन, नगर इन्चार्ज बिवेक राई, नगर अध्यक्ष तिर्थ थापा मगर, जिल्ला सचिवालय सदस्य बद्रि स्याङ्ता, वाइसिएल मकवानपुर अध्यक्ष राज मोक्तान, सचिव लवराज ठकुरी, नगर कमिटि सदस्य विजय गौतम लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin