
२०७८ आश्विन १० गते
नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाको सभापतिमा राजविर मोक्तान निर्वाचित भएका छन् । शनिबार भएको कांग्रेसको १४ औँ गाउँ अधिवेशनबाट मोक्तान सभापतिमा निर्वाचित हुनु भएको हो । उहाले निकटतम प्रतिद्वन्दी अर्जुन दाहाललाई २७ मत अन्तरले पराजित गर्नु भएको हो।
सभापति मोक्तानले ८७ दाहालले ५० मत प्राप्त गर्नु भएको थियो । उपसभापतिहरुमा थलनाथ घिमिरे र शुसिला फुँयाल सचिवमा आइतसिंह लो र प्रतिमान रुम्बा , सह सचिवमा राजेन्द्र लम्साल र रामप्रसाद चौरेल सर्वसम्मत चयन हुनु भएको छ । अधिवेशनले ३२ जना सदस्य सर्वसम्मत चयन गरेको छ ।