फाइल तस्बिर

१० असोज २०७८ –

मकवानपुर गढी ०३ मा खेलकुदमा सक्रिय रहेको गढी स्टार स्पोर्ट क्लबले मकवानपुर गढी गाउपालिका रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता (चौथो सस्करण) को आयोजना गरेको छ, प्रतियोगिता यहि २०७८/०६/१९देखि २०७८/०६/२३ सम्म संचालन गरिने क्लबले सामाजिक संजाल फेसबुक  मार्फत जानकारी दिएको हो ।

गढी गाउपालिका भित्रका बिद्यालय, समूह , सङ्घ संस्था सस्थाका कर्मचारिहरुको बिचमा मात्र हुनेछ भने विद्यार्थीहरुको समुह दर्ताको मानेमा सम्बन्धित विधालयको  सर्टिफिकेट अनिवार्य गरिएको छ ।

क्लबले २०७८/०६/१६ गते दिउसो ३ बजे सम्म समूह दर्ता गर्ने  र साझ ५ बजे खेल तालिका प्रकाशन गरि २०७८/०६/१९ खेल उद्घाटन समारोह आयोजना गर्दै  सोहि दिनबाट लिग चरणको खेल सुरु गर्ने र २०७८/०६/२३ गते शनिवार फाइनल तथा समापन कार्यक्रम गर्ने तालिका सार्बजनिक गरेको छ ।

खेल सम्बन्धि सम्पूर्ण जानकारी सहित ८ वटै वडाहरुमा पत्राचार गरिएकोले सम्बन्धित वडा कार्यालयमा गई खेल सम्बन्धि बुझ्न सकिने बताईएको छ ।

खेलमा बिजेता समुहले नगद ५०००० सहित ट्रफी,मेडल र प्रमाणपत्र उप-बिजेता समुहले नगद ३५००० सहित र तेस्रो हुने समुहले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने खेल अवधिभर उत्कृस्ट खेलाडी ,गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई समेत ट्रफी दिइने आयोजक गढी स्टार स्पोर्ट क्लबका खेल संयोजक बिदुर हुमागाइले जानकारी दिनुभयो ।

फाइल तस्बिर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्