मकवानपुरगढी गाउपलिका रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा दोश्रो दिन ८ खेल सम्पन्न

२० असोज २०७८ – मकवानपुर गढी ३ मक्रान्चुली भानु मीनि पिचमा हिजो बाट मकवानपुरगढी गाउपलिका रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता शुरु भएको छ । हिजो बाट सुरु भएको खेल २४ गतेसम्म संचालन हुनेछ । आज ८ टिम बिच खेल भएको छ । आज भएको पहिलो खेलमा देबी डाडा युवा क्लब ले सेर्गे गुम्बा लाई ३-० गोल अन्तरले पराजीत गरेको छ । तेस्तै दोश्रो खेलमा प्रतिभा युवा क्लब र सौजन्य युवा क्लब बराबरी भए दुबै क्लबले समान ३- ३ गोल गरेका थिए भने तेस्रो खेलमा लामी डाडा चर्चले उधम्शील युवा क्लब लाई ८-१ गोल अन्तरले परजित गरेको छ। चौथो खेलमा चन्द्र सुर्य युवा क्लब ले जीवन दर्शन युवा क्लब लाई भारि १८-० गोल अन्तरले ल पराजित गरको छ तेस्तै आजै भएको पाचौ खेलमा सन् राइज युवा क्लब ए ले देबी थान टोल बिकाश लाई ४ -१ ले पराजित गरको छ ।आजको छैटौ खेल प्रतिभा युवा क्लब वि र प्रतिभा युवा क्लब भेट्रान्स बिच भयो जसमा २ -१ गोल अन्तरले प्रतिभा युवा क्लब भेट्रान्स पराजित गरेको हो । तेस्तै वडा नम्बर ८ र ईनको चर्स समूह बिच भएको खेलमा ५-१ को गोल अन्तरले वडा नबर ८ बिजयी भयो । तेस्तै आजको अन्वतिम खेलमा वडा नम्बर ५ र देबी डाडा युवा क्लब ए बिच भएको खेल बराबरी मा सकिएको छ । दुवै टीमले २-२ गोल गरेका थिए । भोलि पनि ८ खेल हुने आयोजक सस्था गढी स्टार स्पोर्ट्स क्लबले जनाएको छ ।

खेलको बिजेता समुहले नगद ५०००० सहित ट्रफी,मेडल र प्रमाणपत्र उपबिजेता समुहले नगद ३५००० सहित र तेस्रो हुने समुहले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने खेल अवधिभर उत्कृस्ट खेलाडी ,गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई समेत ट्रफी प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

WordPress PopUp Plugin