२४ असोज २०७८ -मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितको उपाधि मकवानपुर गढी २ को सौजन्य युवा क्लबले चुम्न सफल भएको छ  ।

यही असोज १९ गते बाट संचालन भएको मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितको आज भएको फाईनल खेल संगै उपाधि सौजन्य युवा क्लबले  आफ्नो पोल्टोमा पार्न सफल भएको हो । यो संगै सौजन्यले लगातार तेश्रो पटक शिल्ड जित्न सफल भएको छ   ।

भानु मिनि पिच मा भएको आजको फाइनल खेलमा सौजन्यले युवा क्लब मकवानपुर गढी २ ले  प्रतिभा युवा क्लब मकवानपुरगढी ४ लाई ३-० गोल अन्तरले पराजित गरि उपाधी जित्न सफल भएको हो ।

तेस्तै  तेश्रो स्थानको लागि भएको खेलमा आयोजक गढी स्टार स्पोर्ट्स क्लब र  देविडाँडा युवा क्लब बिचको खेलमा आयोजक गढी स्टार स्पोर्ट्स क्लबले  ५ गोल गर्दा  देविडाँडा युवा क्लब २ गोल गरि पराजित हुदा  आयोजक टिम तेश्रो हुन सफल भएको छ ।

खेलको बिजेता समुहले नगद ५०००० सहित ट्रफी,मेडल र प्रमाणपत्र उपबिजेता समुहले नगद ३५००० सहित र तेस्रो हुने समुहले नगद २०००० मेडल र प्रमाणपत्र प्राप्त गरेका  छन् भने खेल अवधिभर उत्कृस्ट खेलाडी ,गोल रक्षक र सर्वाधिक गोलकर्ता लाई समेत ट्रफी प्रदान गरिएको छ ।खेल को समापन कार्यक्रम गढी स्टार स्पोर्ट्स क्लबका अध्यक्ष राजु दुलालको सभाअध्यक्षता र मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईं को प्रमुख आथित्यमा भएको हो । कार्यक्रम मा मकवानपुर गढी २ र ४ का वडा अध्यक्षहरु बखान शिंह पाख्रिन र रामप्रसाद तिमल्सिना, रानी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बिष्णु प्रसाद न्यौपाने कांग्रेश ३ नं वडा सभापति विजय लामा थोकर, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।

No description available.

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्