समाजसेवी स्व.रामशरण दहालको १२ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा

कात्तिक २, २०७८

माजसेवी तथा राजनितिक व्यक्तित्व स्व.रामशरण दहालको १२ औ दिनको पुण्य तिथिमा गढी गाउँपालीका वडा नम्बर ४ मा रहेको सहिद रुद्र स्मृति पार्कमा श्रद्धाञ्जली सभा भएको छ । दहालको असोज २२ गते ५३ बर्षको उमेरमा निधन भएको हो । हेटौडा उप महानगरपालीका वडा नम्बर ५ पिप्ले स्थायी घर भएका दहालको कर्म थलो भने मकवानपुरगढी गाउपालीका नै रहेको थियो । उहाँ बिभिन्न संघ संस्थामा रहि सामाजिक काममा सक्रिय हुनु हुन्थ्यो । दहालको २ छोरा र एक श्रीमती हुनु हुन्छ ।
बि.स ं२०६३ देखि २०७४ सम्म सहिद रुद्र स्मृति पार्कको संस्थापक अध्यक्षको रुपमा कुशलता पुर्बक भुमिका निर्बाह गर्नु भयो । सिर्जनशील समाज बचत तथा ऋण स.स.लि. मकवानपुरगढी ४ को निबर्तमान उपाध्यक्ष र प्रतिभा युबा क्लब भूत पूर्ब सद्स्य समेत हुनु हुन्थ्यो ।

स्व. राम शरण दहालको १२ औ. दिनको पुण्य तिथिमा उहाँ आबद्ध भएर काम गरेका संघ संस्थाको आयोजनामा मकवानपुरगढी ४ रुद्र स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली अर्पण सभामा उपस्थितहरुको अनुहार मलिन थियो । एक जना सामाजिक ब्यतित्वको अबसानले उनको घर परिवार मात्र होईन सिंगो समाजलाई नै टुहुरो बनाएको अनुभुति भएको स्थानीयले बताए । श्रद्धाञ्जली सभामा उपस्थित माओबादी केन्द्र बागमति प्रदेश सभा सदस्य तथा मकवानपुर संम्योजक प्रेम बहादुर पुलामी छिन्तुले स्व.रामशरण दहाल प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँ एक बहुप्रतिभाको धनी ब्यक्तित्व रहेको बताउनु भयो । “उहाँ एक्लै भन्दा सामुहिकतामा रमाउने र सामुहिक प्रयत्नबाटै सबै खाले समस्या समाधान गर्न लागि पर्नु हुन्थ्यो ,चाहे सहकारी संस्था होस वा सामाजिक क्लब वा राजनितिक बिचारबाट नयाँ नयाँ कार्यक्रमको योजना निर्माण गर्ने र त्यसलाई पुरा गर्न निरन्तर लागि रहने ब्यक्तित्व हुनु हुन्थ्यो ।” दहालको निधनले समाजलाई अपुरणिय क्षति भएको भन्दै नेता छिन्तुले दःुख ब्यक्त गर्नु भयो ।

स्व. दहाल प्रति श्रद्धाञ्जली अर्पण गर्दै मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले स्व.दहाल सादा जिवन उच्च बिचारको खानि भएको बताउनु भयो । म र मेरो भन्ने भाबना भन्दा पनि हामी र हाम्रो भन्ने भाबनाबाट उत्प्रेरित भई समाजमा आमुल परिबर्तन गर्नु पर्छ त्यसले मात्रै शुसासन र सम्बृद्धिको बाटोमा समाजलाई लान सक्छौ भन्ने भाबना स्व. दहालमा रहेको बताउनु भयो ।

सहिद रुद्र स्मृति पार्क अध्यक्ष मान कुमारी पाख्रीनले स्व. दहाल प्रति श्रद्धाञ्जली अर्पण गर्दै उहा सामाजिक काममा समर्पित व्यक्तित्व भएको बताउनु भयो । आफु र आफ्नो परिवार भन्दा सामाजिक स्वार्थमा केन्द्रीत हुनु हुन्थ्यो । सहिद रुद्र स्मृति पार्कको २०६३ देखि २०७४ सम्म कुशल नेतृत्व प्रदान गर्नु भयो । उहाँ सादा जिवन उच्च बिचारको ब्यक्तित्व हुनु हुन्थ्यो । उदार भाबना भएको व्यक्तित्व स्व. दहाललाई सदा सम्झेर सम्मान गर्ने बताउनु भयो ।

वडा नम्बर ३ का अध्यक्ष भागबत घिमिरेले दहाललाई आफुले सामाजिक क्षेत्रमा निस्कलंकित रुपमा काम गर्ने व्यक्तित्वको रुपमा पाएको बताउनु भयो ।

बुवा चोभरनाथ दहाल र आमा निन्द्रादेबि दहालको कोखबाट बि सं.ं २०२५ साल बैशाख १ गते सिन्धुपाल्चोकको तत्कालिन फटशिला गा बि स वडा नम्बर ५ हाल मेलम्ची नगरपाली वडा नम्बर १३ मा जन्मीनु भएका दहाल परिवारका जेठो छोरा हुनु हुन्थ्यो । उहाँका एक दिदी र एक भाई हुनु हुन्छ । बुबा भारतमा सरकारी जागिरे हुनु हुन्थ्यो । बुवाको जागिर उतै भएकाले रामशरणले पनि केही समय भारतमै बिताउनु भयो तर उहाँलाई त्यहा बस्न मन लागेन र आफ्नै देश फर्किनु भयो । त्यति बेला नेपालमा शशस्त्र दोन्द चक्रिएको थियो । सामन्ती ब्यबस्था बिरुद्धको संघर्षमा उहाँ पनि सहभागि हुनु भयो । नेकपा माओवादी केन्द्रमा लामो समय राजनैतिक जिबनमा क्रियाशिल दहाल पछिल्लो समय नेकपा एमालेका जिल्ला सदस्य हुनु हुन्थ्यो । उहाँले आफ्नो जीवनको अमुल्य समय आफ्नो र परिवारको लागि भन्दा समाज हितको लागि नै खर्चिनु भयो । आफु भोको रहेर पनि अरुको पेट भर्न लागी रहनु भयो । समाजको बारेमा सोच्दा सोच्दै गरिव दुखिको पिडामा मलम पट्टी लगाउदैमा आफ्नो स्वास्थ्यको ख्यालै गर्न भ्याउनु भएन । स्व. दहालको निस्वार्थ त्यागको समाजले सधै मुल्याङ्कन गर्ने छ ।

सहिद रुद्र स्मृति पार्क , सिर्जनशील समाज बचत तथा ऋण स स लि र प्रतिभा युबा क्लबको संयुक्त आयोजनामा गरेको श्रद्धाञ्जली सभामा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना , सहिद रुद्र स्मृति पार्क अध्यक्ष मानकुमारी पाख्रीन , सिर्जनशील समाज बचत तथा ऋण स.स.लि.का अक्ष्यक्ष कृष्ण बहादुर बिडारी , प्रतिभा युबा क्लबका अध्यक्ष हेम बहादुर योन्जन लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधि र स्थानियहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *