
कात्तिक ४, २०७८
मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरी राष्ट्रसेवक ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मानित भएका छन् ।अकाउन्टविलिटी ल्याब नेपालले यसवर्षको अवार्ड सार्वजनिक गरेको हो ।
जेटिए अध्ययन गरेका चौधरी २०६० सालमा प्राविधिक चौथोबाट सरकारी सेवामा प्रवेश गरेका हुन् । व्यवसायिक तरकारी खेतिको क्षेत्र बिस्तार गरे । थोरै क्षेत्रमा खेती गर्दा लगानी बढी लाग्ने र घर खर्चलाई मात्र पुग्ने हुन्छ । क्षेत्र विस्तार गरेर खेती गर्दा राम्रो कमाउन सकिन्छ भनेर उनले शुरुमा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का ५/७ जना किशानहरु भेला गरेर यसबारे ज्ञान दिलाए । उनकै ज्ञान र सल्लाहबाट बाँकी पेज ५ मा मकवानपुरगढी गाउँपालिकामा १० कठ्ठा जग्गामा खेती गर्ने कृषक अहिले ८/९ बिगाहामा खेती गर्ने भएका छन् ।
किसानसँग कृषि अधिकृत चाैधरी उनले वडा नं. ८ मा बेमौसमी तरकारी खेतीको सम्भावना राम्रो भएको देखे । २०७५ सालमा गाँउपालिकाबाट बजेट बिनियोजन गरेर बेमौसमी तरकारी क्षेत्र घोषणा भयो । हाल त्यस क्षेत्रका ८२ जना किशानहरु बेमौसमी खेती गरेर आमदानी लिईरहेकाछन् । स्थानीय तहमा माटो परिक्षणको प्रयोगशाला स्थापनामा पनि उनको योगदान छ । बागमती प्रदेश सरकारले माटो परीक्षण प्रयोगशालालाई सहयोग गर्ने कार्यक्रम थियो । प्रदेश सरकारले ५ स्थानीय तहलाई प्रयोगशालाका सामानहरु सहयोग ग¥यो । ५ वटा मध्ये सबै भन्दा पहिले मकवानपुरगढी गाउँपालिकाले ल्याब सञ्चालन ग¥यो । पहिले अदुवामा रोग लाग्ने समस्या थियो । अहिले माटो परीक्षण गरेर अदुवा लगाउदाँ उत्पादन बढेको छ । यसले गर्दा कृषकहरु अदुवा खेती प्रती आकर्षित भएका छन् । गाउँपालिकामा कृषकहरुको उत्पादनलाई सहकारी मार्फत बजारीकरण गर्ने भूमिकामा पनि उनी अगाडि देखिएका छन् ।
कृषकले उत्पादन बढाए पनि उचित मुल्य नपाउने समस्या समाधान गर्न उनले सहकारी मार्फत बजारीकरण अवधारणा पालिकामा पेश गरे । पालिकाले बजेट छुट्यायो । त्यसपछि खुला प्रतिश्पर्धाबाट एउटा सहकारी पसल सञ्चालनमा आयो । त्यसपछि कृषकले कम मूल्य पाउने र उपोभोक्ताले बढी मूल्य तिर्नु पर्ने समस्या न्यूनीकरण भयो । त्यसमाथी कृषकलाई प्रोत्साहन गर्न धान, गँहु, मकै, कोदो, फापर जस्ता अन्न सहकारी मार्फत बिक्रि गर्दा पालिकाले किलोको २ रुपैया थप दिने र सहकारीले पनि भण्डारन गरे बापत किलोको २ दुई रुपैया पाउने व्यवस्था लागु गर्न पनि उनले नै पहल गरे । यसैगरी किसान क्रेडिट कार्ड सुविधा पनि गाउँपालिकाले ल्याएको छ । दुई लाखसम्म ऋण उपलब्ध हुने गरी किसान क्रेडिट कार्ड २५ जनालाई वितरण गरिएको छ । यसको फोकल पर्सन चौधरी आफै छन् । उनले करिब ७० जना किसानको लागि क्रेडिट कार्ड सिफारिस गरिसकेका छन् । नेपाल बंगलादेश बैंकले प्रकृया पुरा गरेर कार्ड मार्फत कर्जा उपलब्ध गराउँदछ । विशेष गरेर व्यवसाय सुरुवात गर्ने साना किसान जस्तै, २ वटा गाई पाल्ने, १० वटा बाख्रा पाल्ने कृषकहरुलाई लक्षित गरेर यो कार्यक्रम ल्याईएको हो ।
कृषक व्यवसायिक खेतिबाट मनग्गे आमदानी गररे खुसी अनुहार लिएर कार्यालय आउँदा रमाउने चौधरीले व्यवसाय, बजार र प्रविधीसँग किशानलाई अभ्यस्त बनाएर एक उदाहरणीय कृषि प्राविधिकको रुपमा आफुलाई प्रस्तुत गरेका छन् । प्रतिफलकाे आशा नराखी आफ्नाे जिम्मेरी पुरा गर्दा आफूले सम्मान पाउँदा कामप्रतिकाे लगावमा झनै हैसला मिलेनकाे उनले सहीखबरसँग बताए । चौधरी सहित नवलपुरासी पुर्व जिल्लाका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी,भेरी अस्पताल, नेपालगञ्ज बाँकेका नर्सिङ अधिकृत (कोभिड फोकल पर्सन) शिला शर्मा, भक्तपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. सुमित्रा गौतम, र भाषा आयोगका उपससचिव डा. लोक बहादुर लोप्चनलाई ईन्टीग्रेटी आईकन २०२१ बाट सम्मान गर्ने निर्णय भएको हो ।सहिखबरबाट
Enter